Logo

२०८३, आश्विन २०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

रुपन्देही १ लाई पर्यटकीय हवको रुपमा विकास गर्नुपर्छ : एमाले उम्मेदवार न्यौपाने

रुपन्देही १ लाई पर्यटकीय हवको रुपमा विकास गर्नुपर्छ : एमाले उम्मेदवार न्यौपाने

images
  • रुपन्देही १ लाई पर्यटकीय हवको रुपमा विकास गर्नुपर्छ : एमाले उम्मेदवार न्यौपाने
    images
    images

    देवदह । नेकपा एमाले रुपन्देही १ का उम्मेदवार दधिराम न्यौपानेले यस क्षेत्रलाई पर्यटकीय हवको रुपमा विकास गरी आम नागरिकको आर्थिक अवस्था सुधार गर्न सकिने बताएका छन् । उनले देवदह क्षेत्र भगवान गौतम बुद्धको मावली स्थल रहेको र र यस क्षेत्रमा भएका ऐतिहासिक, पुरातात्विक स्थलको विकासको लागि आफुले शसक्त आवाज उठाउनेमा जोड दिए । 

    images
    images
    images

    फाल्गुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन अन्र्तगत देवदह-९ र १० मा आइतबार भएको घरदैलो कार्यक्रममा मतदाताहरुसँगको भेटमा उनले दक्षिणदेखि उत्तरसम्म सवै क्षेत्रलाई जोड्न पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषिमा लगानी वृद्धि आवश्यक रहेको बताए । युवाहरुको लागि रोजगारी महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले त्यस्तो योजना नेकपा एमालेसंग मात्र रहेको दावी गरे । 

    images
    images
    images

    घरदैलोका क्रममा उनले सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्दै लोकतन्त्रलाई अझ सुदृढ र उन्नत बनाउँदै समाजवाद उन्मुख समृद्ध समाज निर्माण गर्ने एजेण्डा नेकपा एमालेसँग रहेको बताए । नेता न्यौपानेले बुटवलको धागोकारखाना देखि चरेङ्गे हँुदै पाल्पाको चौकीभ¥याङ्ग जोड्ने बाटो आफनो पहिलो प्राथमिकतामा रहेको बताएका छन् । 

    images
    images
    images

    उनले क्षेत्रको समग्र विकासको लागि नेकपा एमालेले जित्न आवश्यक रहेको औल्याउदै नेकपा एमालेको सरकारले मात्र सुकुम्वासी समस्या समाधान गर्नै दावी गरे । 

    घरदैलो कार्यक्रममा पार्टीका केन्द्रिय सचिव छविलाल विश्वकर्मा, संविधानसभा सदस्य विनोद पहाडी, केन्द्रीय अनुशासन आयोग सचिवालय सदस्य डा. कृष्णप्रसाद न्यौपाने, प्रदेश सदस्य जानकी न्यौपाने, जिल्ला अध्यक्ष यज्ञ गैरे लगायत पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।