Logo

२०८३, आश्विन २०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

विकासलाई गति दिन एमालेको जित आवश्यक : उम्मेदवार न्यौपाने

विकासलाई गति दिन एमालेको जित आवश्यक : उम्मेदवार न्यौपाने

images
  • विकासलाई गति दिन एमालेको जित आवश्यक : उम्मेदवार न्यौपाने
    images
    images

    देवदह । रुपन्देही १ लाई विकासको गतिमा अगाडि बढाउन नेकपा एमालेको जित आवश्यक रहेको उम्मेदवार दधिराम न्यौपानेले बताएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ र ९ मा आयोजित घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै उनले विगतका उपलब्धि हेरेर मतदाताले निर्णय लिनुपर्ने बताए । 

    images
    images
    images

    उम्मेदवारले बुटवल र भैरहवा क्षेत्रमा भएका ठूला पूर्वाधार विकास, सडक विस्तार, शहरीकरण तथा सेवा सुविधाको विस्तार एमालेकै नेतृत्वमा सम्भव भएको दाबी गरे । उनले भने, ‘हरेक इतिहासलाई फर्केर हेर्ने हो भने एमालेकै पालामा विकासले गति लिएको देखिन्छ ।’ रुपन्देही क्षेत्र नम्बर १ लाई पनि तीव्र विकासको मार्गमा लैजान एमालेको जित अपरिहार्य रहेको उनको भनाइ छ । 

    images
    images
    images

    उम्मेदवार न्यौपानेले सामाजिक सञ्जाल मार्फत आफूलाई नयाँ भनेर प्रस्तुत गर्दै परिवर्तनको कुरा गर्ने शक्तिहरूको विगतको इतिहास र कार्यशैली अध्ययन गरेर मात्रै मतदाताले मूल्याङ्कन गर्नुपर्ने धारणा राखे ।

    images
    images
    images

    उनले अनुभव, कार्यक्षमता र विगतको योगदानलाई आधार मानेर मतदान गर्न मतदातालाई आग्रह गर्दै चुनावपछि क्षेत्रका हरेक वडामा पुगेर आवश्यकताको पहिचान गर्दै गाउँ÷गाउँसम्म पुग्ने विकास योजना तयार गरिने प्रतिबद्धता व्यक्त गरे ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।