Logo

२०८३, आश्विन २०गते


images
images

कृषि क्षेत्रको विकास एमालेको प्राथमिकता : उम्मेदवार न्यौपाने

कृषि क्षेत्रको विकास एमालेको प्राथमिकता : उम्मेदवार न्यौपाने

images
  • कृषि क्षेत्रको विकास एमालेको प्राथमिकता : उम्मेदवार न्यौपाने
    images
    images

    देवदह । कृषिको विकासबाट मात्रै देश समृद्ध बन्न सक्ने नेकपा एमाले रुपन्देही–१ का उम्मेदवार दधिराम न्यौपानेले बताएका छन् । उनले कृषिको विकासका लागि सिँचाइ, उन्नत बीउ–बिजन समयमै उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images

    रुपन्देहीको ओमसतिया गाउँपालिका–४, ५ र ६ मा घरदैलो तथा मतदाता भेटघाटका क्रममा उनले कृषिलाई व्यवसायीकरण गर्न राज्यले लगानी गर्ने वातावरण आवश्यक रहेको बताए । कृषकको खेतसम्म प्राविधिक पहुँच बढाउन कृषि शिक्षाको प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images

    लुम्बिनी प्रदेशका पूर्व सदस्यसमेत रहेका न्यौपानेले खेतीको समयमा प्राविधिक व्यवस्थापनका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने उल्लेख गरे । एमालेको नेतृत्वमा क्षेत्रको विकासका योजना सुरु गरिएको र त्यसलाई पूर्णता दिन पार्टीको जित आवश्यक रहेको उनको भनाइ थियो ।

    images
    images
    images

    क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र पूर्वाधार विकासमा एमाले निरन्तर लागिरहेको उनले बताए । घरदैलो अभियानमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उल्लेखनीय सहभागिता रहेको एमालेले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।