देवदह । सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान नेकपा एमालेको सरकारले मात्र गर्न सक्ने उम्मेदवार न्यौपानेले दाबी गरेका छन्।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर–१ का उम्मेदवार न्यौपानेले तिलोत्तमा नगरपालिका-८ र ११ मा आयोजित घरदैलो कार्यक्रमका क्रममा नागरिकसँग संवाद गर्दै एमाले सरकार लालपुर्जा वितरणको तयारीमा रहेका बेला समस्या समाधान नचाहने शक्तिका कारण सरकारबाट बाहिरिनुपरेको बताए ।
एमाले नेतृत्वको सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोवास व्यवस्थापनका लागि महत्वपूर्ण काम अघि बढाइसकेको उल्लेख गर्दै उनले रुपन्देही–१ मा यस्तो समस्या धेरै रहेको कारण आफू निर्वाचित भएमा पहिलो प्राथमिकतामा लालपुर्जा वितरणलाई राख्ने बताए ।
देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका लगायतका पालिकामा एमाले सरकारकै समयमा लालपुर्जा वितरण प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एमाले विजयी भए अधुरा कामलाई पूर्णता दिने प्रतिबद्धता जनाए ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका न्यौपानेले आफ्नो कार्यकालमा क्षेत्रको भौतिक पूर्वाधार विकासका लागि थुप्रै योजना सुरु भएको दाबी गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology