Logo

२०८३, आश्विन १०गते


images
images

बंगलादेशमा पनि आगो लगाउनेहरु हारे, नेपालमा पनि ध्वंस मच्चाउनेहरू हार्नेछन् : प्रचण्ड

बंगलादेशमा पनि आगो लगाउनेहरु हारे, नेपालमा पनि ध्वंस मच्चाउनेहरू हार्नेछन् : प्रचण्ड

images
  • बंगलादेशमा पनि आगो लगाउनेहरु हारे, नेपालमा पनि ध्वंस मच्चाउनेहरू हार्नेछन् : प्रचण्ड
    images
    images

    रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् ।

    images
    images
    images

    रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बङ्गलादेशमा हालै सम्पन्न निर्वाचन परिणाबारे टिप्पणी समेत गरे ।

    images
    images
    images

    उनले भने- 'सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले । अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन् । गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन् ।'

    images
    images
    images

    उनले बङ्गलादेशको निर्वाचनबाट सिक्नुपर्ने आवश्यकता औँल्याए । उनले भने- 'बङ्गलादेशमा पनि आगो लगाइयो। चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। नजलाउने र स्थिरता चाहनेहरू जिते । सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए। यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन् ।'

    संयोजक प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउनेहरूलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेको बताए । उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।