काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी तथा उनका सचिवालय संयोजक गंगा दाहालले आफ्नो पदबाट राजीनामा घोषणा गरेकी छिन् ।
गंगाले सोमबार फेसबुकमा लामो र भावुक स्टाटस लेख्दै निरन्तर आफूलाई देखाएर प्रचण्ड र माओवादी केन्द्रमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको उल्लेख गर्दै संयोजक पदबाट राजीनामा गरेको बताएकी छन् ।
उनले लेखेकी छन्, “म, मेरा दिदीहरू र भाइले महान जनयुद्धको समयमा राज्य सत्ताबाट निरन्तर दुःख भोगेका कारण पढाइबाट वञ्चित भयौं, तर पार्टीप्रति समर्पित रह्यौं।”
गंगाले आफ्नो लवाई-खुवाइलाई लिएर कुप्रचार गरिएको र भ्रम फैलाइएको गुनासो समेत गरेकी छन् ।
उनले भनिन्, “राम्रो गर्न खोज्दा खोज्दै विवादमा पारिएको छु । सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत निरन्तर भ्रामक सूचना फैलाइँदैछ कहिले लाखौँको ब्याग भनेर, कहिले महँगो घडी भनेर । ती उपहार साथीभाइले जन्मदिनमा दिएका थिए, अहिले त जलेर खरानी भइसकेका छन्, तर अझै पनि त्यही कुरा दोहोर्याइन्छ।”
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology