Logo

२०८३, आश्विन १०गते


images
images

एकता सन्देश सभा

संकटको सामना गर्न नेपाली जनताको राष्ट्रिय फौज तयार गर्नु पर्छ : प्रचण्ड

संकटको सामना गर्न नेपाली जनताको राष्ट्रिय फौज तयार गर्नु पर्छ : प्रचण्ड

images
  • संकटको सामना गर्न नेपाली जनताको राष्ट्रिय फौज तयार गर्नु पर्छ : प्रचण्ड
    images
    images

    विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठुला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउने सामर्थ्य नभएको, तर जनताको तागत भने रहेको बताए ।

    images
    images
    images

    प्रचण्डले जेनजीको आन्दोलनले पुराना राजनीतिक दलहरूलाई झकझक्याएको स्वीकार गरे । उनले भने, ‘जेनजी पुस्ताका युवाहरूको आन्दोलनले हामीलाई आत्मसमीक्षा गर्न प्रेरित गर्‍यो । कहाँ गल्ती भयो भनेर सोच्न बाध्य बनायो ।’

    images
    images
    images

    अब विचार बुढो र तन्नेरी नहुने भन्दै उनले छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्ने बताए । ‘हामी धेरै पछि परिसकेका छौँ । अब जेनजीहरुसँग वार्ता र संवाद गरौँ, सबै आफैंले जानेजस्तो नगरौं,’ प्रचण्डले भने, ‘अहिले जेनजीहरुले हाम्रो अभिभावक नेपाली कम्युनिस्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन् ।’

    प्रचण्डले वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी दिए । उनले चुनाव गराउने म्यान्डेट पाएको सरकारले दीर्घकालीन असर पर्ने खालका सन्धि सम्झौता गर्न नहुने बताए । ‘यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरित हुन्छ,’ उनले भने, ‘हामी चुनावमा होमिसक्यौं । सरकारले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाओस् ।’

    सम्बोधनको अन्त्यमा प्रचण्डले आफ्नो उमेरमाथि प्रश्न उठाउनेहरुलाई कडा चुनौती दिए । ‘मसँग दौडिने कोही छ ? मर्निङ वाक कति गर्ने हो, म तयार छु । हेभी एक्सरसाइज कति गर्ने हो, म युवाहरुसँग गर्न चाहेको छु,’ प्रचण्डले भने, ‘भुईँफुट्टा, इतिहासविहीन र विचारविहीनले गरेको हो हल्लाको पछि नलाग्नुहोला ।’

    उनले १६ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले अब वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको नेतृत्व गर्ने दाबी समेत गरे ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।