Logo

२०८३, आश्विन १०गते


images
images

लोडसेडिङ अन्त्य

लोडसेडिङ अन्त्य राजनीतिक आँटको परिणाम हो : प्रचण्ड

लोडसेडिङ अन्त्य राजनीतिक आँटको परिणाम हो : प्रचण्ड

images
  • लोडसेडिङ अन्त्य राजनीतिक आँटको परिणाम हो : प्रचण्ड
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोडसेडिङ अन्त्य केवल प्राविधिक कारणले नभई राजनीतिक आँट र नेतृत्वको भिजनकै कारण सम्भव भएको बताएका छन् ।

    images
    images
    images

    पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय ऊर्जा संवादमा प्रचण्डले गणतन्त्रको पहिलो सरकारले ऊर्जा र कृषिलाई आधारभूत प्राथमिकता दिँदै १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित क्रान्तिकारी कदम चालेको स्मरण गरे ।

    images
    images
    images

    उनले आफ्नो दोस्रो कार्यकालमा ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य गर्न निर्णायक भूमिका खेलेको उल्लेख गर्दै भने, “जनार्दन शर्मालाई ऊर्जा मन्त्री र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय नयाँ जनपक्षीय सेटिङ बनाउने राजनीतिक साहस थियो ।”

    images
    images
    images

    प्रचण्डका अनुसार, नेपालमा ऊर्जा विकासको सम्भावना प्रशस्त भए पनि पुराना कानुन, नौकरशाहीको परम्परागत सोच र अस्वस्थ प्रतिस्पर्धाले प्रगति अवरुद्ध बनाएको छ । उनले विद्युत् ऊर्जा विधेयक छिट्टै पारित गरी लगानीमैत्री वातावरण बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

    भारत र बंगलादेशसँग ऊर्जा व्यापारका पहल, किसानको ऋण मिनाहा, राष्ट्रिय गौरवका आयोजनाको अघि बढाइ, शिक्षा र निजामती सेवासम्बन्धी विधेयकजस्ता कदमलाई उनले माओवादी नेतृत्वकै उपलब्धि बताए ।

    “यदि राजनीतिक नेतृत्वले आँट र जोखिम लिन सकेको नभएको भए, त्यो क्रान्ति सम्भव हुने थिएन,” प्रचण्डले स्पष्ट पार्दै समृद्ध नेपाल बनाउन सामूहिक संकल्प आवश्यक रहेको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।