Logo

२०८३, आश्विन २०गते


images
images

एमाले देशको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि संघर्षरत छ : न्यौपाने

एमाले देशको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि संघर्षरत छ : न्यौपाने

images
  • एमाले देशको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि संघर्षरत छ :  न्यौपाने
    images
    images

    देवदह । देशको समृद्धि, विकास र राजनीतिक स्थायित्वका लागि नेकपा एमाले निरन्तर संघर्षरत रहेको पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेले बताएका छन  । विभिन्न राजनीतिक दलले आफूलाई देशकै शक्तिशाली र देशभक्त शक्ति दाबी गरेपनि विकास र परिवर्तनलाई संस्थागत गर्ने काम एमालेले नै गरेको उनले उल्लेख गरे ।

    images
    images
    images

    नेकपा एमाले देवदह–९ को निर्वाचन परिचालन तथा प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखे । नेकपा एमालेका उम्मेदवारसमेत रहेका न्यौपानेले वर्तमान परिस्थितिमा पनि सरकार निर्माण र नेतृत्वका लागि एमाले अग्रपंक्तिमा रहने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    एमाले नेतृत्वमा पूर्वाधार निर्माण, औद्योगिकीकरण, शिक्षा क्षेत्र सुधार तथा पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति जस्ता काम अघि बढाइएको उनले बताए । लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्ने आधार तयार गरिएको र पुनः सरकारमा पुगे त्यसलाई थप तीव्रता दिइने उनले स्पष्ट पारे ।

    images
    images
    images

    देवदह क्षेत्रमा पुल, सडक तथा अन्य ठूला आयोजना सम्पन्न गर्न केन्द्र सरकारबाट पर्याप्त बजेट आवश्यक पर्ने उनले बताए । दीर्घकालीन पूर्वाधार विकासका लागि संघीय तहमा बलियो प्रतिनिधित्व अपरिहार्य रहेको उनको भनाइ थियो ।

    दलित समुदायका समस्या समाधान, भूमि व्यवस्थापन र गरिब किसानलाई लालपुर्जा वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरे । विगतमा आफ्नो नेतृत्वमा अघि बढाइएका योजना सरकार बाहिर हुँदा रोकिएको दाबी गर्दै पुनः सरकारमा पुगेपछि विकासले गति लिने उनले बताए ।

    शाखा कमिटीका अध्यक्ष रामप्रसाद विकको अध्यक्षता, नगर कमिटीका अध्यक्ष केशव भट्टराईको स्वागत तथा केशव पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।