देवदह । नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले विकास र समृद्धिको अभियान एमालेले अगाडि सारेको बताएका छन् । उनले मुलुकको विकासको लागि नेकपा एमालेको जीत आवश्यक रहेको बताए ।
‘एमालेले अघि सारेका योजनालाई पूर्णता दिन एमालेलाई जिताउनु पर्ने आवश्यक छ ।’ सचिव विश्वकर्माले भने, ‘नयाँको नाममा जसरी अहिले भ्रम सृजना गरिँदै छ, त्यसले देशलाई थप अराजकता तर्फ धकेल्ने खतरा बढ्दै गएको छ ।’
राजनीतिमा पुरानो र नयाँ भन्ने नहुने बताउँदै उनले त्यसको लागि नीति र सिद्धान्त आवश्यक रहेकोमा जोड दिए । पूर्व मन्त्रीसमेत रहेका विश्वकर्माले नयाँ भनिने राजनीतिक दलहरुले सिर्जना गरेको भ्रम चिर्नको लागि पार्टीका कार्यकर्ताहरु एकढिक्का हुनुपर्ने उल्लेख गरे ।
नेकपा एमालेको भातृ संगठन मुक्ति समाज नेपाल क्षेत्र नम्वर १, रुपन्देहीको बृहत् क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता विश्वकर्माले जेनजी आन्दोलन पछि बनेको सरकारले क्षेत्र नम्वर १, को विकास योजनाका रकम कटौती गरेको आरोप लगाए । उनले दशगजादेखि पाल्पा जोड्ने सडक सञ्जाललाई प्रार्थमिकतामा राखेर नेकपा एमालेले योजना अगाडि सारेको समेत बताए ।
सोही अवसरमा बोल्दै पार्टीका केन्द्रिय सदस्य एवम् रुपन्देही क्षेत्र नं १ का उम्मेदवार दधिराम न्यौपानेले देशको मुहार फेर्न र जनतालाई खुसी बनाउनको लागि एमालेको जीत आवश्यक रहेको बताए ।
उनले एमालेको नेतृत्वमा शुरु भएको क्षेत्रको विकासलाई पूर्णता दिन पनि एमालेले जित्न आवरयक रहेकोले सूर्यध्वजा वाहक उम्मेदवारलाई जिताउनको लागि पार्टीका कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिए ।
मुक्ति समाज नेपालका क्षेत्रीय संयोजक विकास गहतराजको अध्यक्षता, पार्टी जिल्ला कमिटी सदस्य सुरेन्द्र श्रीको स्वागत र दिपेन्द्र विकको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष यज्ञप्रसाद गैरे लगायत नेताहरुले आ-आफना भनाई राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology