Logo

२०८३, श्रावण २७गते


images
images

स्थानीय उद्योगमा युवालाई रोजगारीको ग्यारेन्टी गर्छौं : राप्रपा उम्मेदवार बोहरा

स्थानीय उद्योगमा युवालाई रोजगारीको ग्यारेन्टी गर्छौं : राप्रपा उम्मेदवार बोहरा

images
  • स्थानीय उद्योगमा युवालाई रोजगारीको ग्यारेन्टी गर्छौं : राप्रपा उम्मेदवार बोहरा
    images
    images

    भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा रुपन्देही–१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त)ले युवाहरुलाई सीपमूलक तालिम संचालन गरेर स्वरोजगार बनाउनुपर्नेमा जोड दिएका छन् । उनले सीप र क्षमताअनुसार क्षेत्र नम्बर १ का युवाहरुलाई सथनीय उद्योगहरुमा रोजगारी दिइनुमा पर्ने आफ्नो धारणा रहेको जनाए ।

    images
    images
    images

    क्षेत्रका विभिन्न ठाउँमा आयोजित कार्यक्रमहरुमा बोल्दै राप्रपा उम्मेदवार बोहराले युवाहरुको विदेश पलायन रोक्न पनि स्थानीय तथा राष्ट्रिय उद्योगहरुले स्थानीय बासिन्दालाई रोजगारी दिनुपर्नेमा उनको जोड छ । यसका लागि आफूले पहल गर्ने र रोजगारी दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । सीपयुक्त मजदूर र प्राविधिक नहुँदा उद्योगहरुमा समेत समस्या भएको जनाउँदै बोहराले यसको समाधानमा लागिपर्ने जनाए ।

    images
    images
    images

    बोहराले अहिले पनि धेरै उद्योगहरुमा भारतीय कामदार कार्यरत रहेको जनाउँदै स्थानीयलाई ग्राहयता दिने वातावरण बनाउने जिम्मेदवारी राप्रपाले लिने उल्लेख गरे । ‘कम्तिमा यहाँका उद्योगले ४० प्रतिशत स्थानीयलाई रोजगारी दिनुपर्छ, त्यो वातावरण हामीले तयार गर्नेछौं’, उनले भने, ‘यसका लागि युवाहरु र इच्छुक अन्य उमेर समूहका स्थानीयलाई तालिम संचालन गरिने छ र दक्ष बनाइनेछ ।’

    images
    images
    images

    उनले बेल्डिङ, होटल म्यानेजमेन्ट, प्लम्बर लगायतका प्राविधिक तालिमहरु संचालनका लागि उपयुक्त स्थानमा तालिम सेन्टर संचालन गरी त्यसबाट दक्ष  जनशक्ति उत्पादन गरिने जनाए । ‘तालिम सेन्टरबाट उत्पादित दक्ष जनशक्ति कामका लागि बाहिर जानुपर्ने छैन’, उनले भने, ‘यसका लागि हामीले स्थानीय स्तरमा रोजगारीको ग्यारेन्टी गर्नेछौं ।’

    उनले युवाहरु देशको भविष्य भएको जनाउँदै सही मार्गमा लागनउुपर्नेमा समेत जोड दिए । ‘राप्रपाले सधैं युवापुस्ताको सम्मान गर्छ, उनीहरुलाई अवसर दिन्छ’, उनले भने, ‘जहाँ युवाले सम्मान र अवसर पाउँछ, त्यो ठाउँ र मुलुक समृद्ध बन्छ ।’ त्यसैले युवा लक्षित कार्यक्रममा राप्रपा र आफूले जोड दिइरहेको बोहराको भनाई छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।