Logo

२०८३, आश्विन २०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

सुकुम्वासी समस्या समाधान गर्न एमालेको सरकार बन्नुपर्छ : उम्मेदवार न्यौपाने

सुकुम्वासी समस्या समाधान गर्न एमालेको सरकार बन्नुपर्छ : उम्मेदवार न्यौपाने

images
  • सुकुम्वासी समस्या समाधान गर्न एमालेको सरकार बन्नुपर्छ : उम्मेदवार न्यौपाने
    images
    images


    देवदह । रुपन्देही १ का उम्मेदवार दधिराम न्यौपानेले नेकपा एमालेको सरकारले मात्र अव्यवस्थित तथा सुकुम्वासी समस्या समाधान गर्ने दावी गरेका छन् । न्यौपानेले एमालेको सरकारले नागरिकलाई लालपुर्जा वितरण गर्ने काम शुरुवात गरेको अवस्थामा जेनजी आन्दोलन मार्फत सरकार गिराउने काम भएको बताए । 

    images
    images
    images

    नेकपा एमाले देवदह-१०, चरेङ्गेमा निर्वाचन परिचालन तथा प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै उ न्यौपानेले राष्ट्रियताको पक्षमा एमालेको नीति स्पष्ट रहेकोले निर्वाचनमा सूर्यध्वजा वाहकलाई जिताउन सवै लाग्नु पर्नेमा जोड दिए । 

    images
    images
    images

    उनले रुपन्देहीको क्षेत्र नम्वर १, का अधुरा विकास निर्माणको कामलाई पूर्णता दिनपनि एमालेले जित्न आवश्यक रहेकोमा जोड दिए । उम्मेदवार न्यौपानेले क्षेत्र नम्वर १ मा एमालेको नेतृत्वमा विकास निर्माणका धेरै काम भएको बताउदै अधुरा रहेका कामलाई पुरा गर्ने आफु लागि पर्ने जनाए । 

    images
    images
    images

    नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका न्यौपानेले आफु निर्वाचित भएपछि नागरिकको शिर झुकाउने गरी कुनैपनि काम नगर्ने प्रतिवद्धता व्यक्त गरे । 

    नेकपा एमाले देवदह-१० का निर्वाचन परिचालन कमिटी संयोजक ओमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन क्षेत्रीय संयोजक प्रकाश अर्याल, उमेश पुन लगाएतले बोलेका थिए । 

    कुमार परियारको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका नेता तथा युवा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।