Logo

२०८३, आश्विन २०गते


images
images

रुपन्देही-१ मा एमालेको चुनावी अभियान तीव्र

रुपन्देही-१ मा एमालेको चुनावी अभियान तीव्र

images
  • रुपन्देही-१ मा एमालेको चुनावी अभियान तीव्र
    images
    images

    रुपन्देही । नेकपा एमालेले रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा हुने फाल्गुण २१ गतेको निर्वाचनलाई लक्षित गर्दै चुनावी अभियान तीव्र बनाएको छ । पार्टीले घरदैलो कार्यक्रम, मतदाता भेटघाट, वडा भेला तथा प्रचारप्रसारका लागि सम्पर्क कार्यालय स्थापना गर्दै गतिविधि विस्तार गरेको जनाएको छ ।

    images
    images
    images

    चुनावी कार्यक्रममा सहभागी हुँदै एमालेका उम्मेदवार दधिराम न्यौपानेले जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । जनसहभागिता बढ्दो रहेको उल्लेख गर्दै उनले प्रतिस्पर्धामा आफू बलियो अवस्थामा रहेको दाबी गरे ।

    images
    images
    images

    घरदैलो अभियानका क्रममा न्यौपानेले एमाले सरकारको कार्यकालमा भएका विकास निर्माणका काम र पूर्वसांसद छबिलाल विश्वकर्माले अघि बढाएका सडक, खानेपानी, शिक्षा तथा स्वास्थ्यसम्बन्धी योजनालाई मतदातामाझ प्रस्तुत गर्दै आएका छन् ।

    images
    images
    images

    वडा भेला तथा भेटघाट कार्यक्रममा स्थानीयले आफ्ना समस्या र सुझाव राखे । ती विषयलाई आगामी कार्यकालमा प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता न्यौपानेले जनाए । एमालेका स्थानीय नेताहरूका अनुसार क्षेत्र नम्बर १ मा पार्टीप्रतिको आकर्षण बढ्दो क्रममा छ ।

    यसैबीच, एमालेको युवा परिचालन कमिटीको बैठक सम्पन्न भएको छ । चन्द्रकान्त खरेलको अध्यक्षतामा सम्पन्न भेलाले कमिटीलाई पूर्णता दिएको हो । सहसंयोजकमा भरत बोहोरा चयन भएका छन् भने सदस्यमा रोशन खड्का, विश्वास गुरुङ, नारायण पंगेनी, राजेन्द्र धमेल, अमित बुढाथोकी र सागर विश्वकर्मा रहेका छन् ।

    बैठकले फागुन ३ गते युवा परिचालन कमिटीको विस्तारित भेला गर्ने निर्णय गरेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।