Logo

२०८३, आश्विन २०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

एमाले स्पष्ट रोडम्यापका साथ निर्वाचनमा आएको छ : उम्मेदवार न्यौपाने

एमाले स्पष्ट रोडम्यापका साथ निर्वाचनमा आएको छ : उम्मेदवार न्यौपाने

images
  • एमाले स्पष्ट रोडम्यापका साथ निर्वाचनमा आएको छ : उम्मेदवार न्यौपाने
    images
    images

    देवदह । स्पष्ट रोडम्यापका साथ जनताको वीचमा आएको नेकपा एमालेका उम्मेदवार एवम् केन्द्रिय सदस्य दधिराम न्यौपानेले बताएका छन् । 

    images
    images
    images

    देशलाई समृद्ध बनाउने, जनताको जीवनस्तर माथि उठाउने, रोजगारी सृजना गर्ने, युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने लगायतका दृष्टिकोण बोकेर एमालेले आफुलाई निर्वाचनमा उभ्याएको नेता न्यौपानेले बताए । 

    images
    images
    images

    नेकपा एमाले देवदह-६, को शाखा भेलालाई सम्बोधन गर्दै उम्मेदवार न्यौपानेले राजनीतिक अनुभव नभएका र राजनीतिलाई फोहोरी खेल भन्नेहरु सिंगारिएर अगाडी बढ्नुले देशलाई भूराजनीतिक संकटमा फसाउन सक्ने आशंका व्यक्त गरे । 

    images
    images
    images

    उम्मेदवार न्यौपानेले उत्तर र दक्षिणको भन्दा पनि आकाशको छिमेकीबाट देशलाई खतरा रहेको औल्याउदै आम मतदाताहरु सचेत र जागरुक हुनुपर्नेमा जोड दिए । 

    फरक प्रशंगमा उनले देवदह ऐतिहासिक महत्वको क्षेत्र भएको र त्यसको विकासको निम्ति एमालेको जीत आवश्यक रहेको धारणा राखे । अव्वस्थित बसोवासीको निम्ति नेकपा एमालेले ल्याएको नीति तथा कार्यक्रमले भूमिहिनहलाई जग्गाको मालिक बनाउने बाटो खोलेको उनको दावी छ । 

    एमालेका जेष्ठ सदस्य नेत्रप्रसाद काप्mलेको अध्यक्षता, पार्टी जिल्ला विभाग सदस्य खेमबहादुर थापाको स्वागत र शाखा ईन्चार्ज विष्णु वरालको सञ्चालनमा भएको कार्यक्रममा वडाका केउली, सटाकखोला, उजेरी, सरनवारी, मिलनचोक, शिवालय टोल, लक्ष्मीनगर, अमरसिंह चोक लगायका स्थानीय कार्यकर्ताको सहभागिता थियो । 

    भेलाले शिवप्रसाद ढुंगाना संयोजक रहेको १ सय ५१ सदस्य निर्वाचन परिचालन कमिटी गठन गरेको पार्टीले जनाएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।