Logo

२०८३, आश्विन २०गते


images
images

इलेक्सन लेन्स

एमाले रुपन्देही १ ले बनायो १५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

एमाले रुपन्देही १ ले बनायो १५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

images
  • एमाले रुपन्देही १ ले बनायो १५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी
    images
    images

    देवदह । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही क्षेत्र नं १ ले १ हजार ५ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

    images
    images
    images

    शनिबार तिलोत्तमा ४ नं मा सम्पन्न विस्तारित भेलाले पार्टी क्षेत्रीय कमिटीका संयोजक प्रकाश अर्यालको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको हो । कमिटिको सह-संयोजकमा चुमकला बस्याल र सचिवमा सुरेन्द्र श्री रहेको पार्टीले जनाएको छ । 

    images
    images
    images

    भेलाले पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्माको संयोजकत्व र डा. कृष्णप्रसाद न्यौपानेको सह-संयोजकत्वमा अनुगमन तथा निर्देशन कमिटी गठन गरेको जनाईएको छ । त्यसैगरी पार्टीका प्रदेश कमिटी सदस्य ध्रुवप्रसाद खरेलको संयोजकत्व र कृष्ण नेपालको सह-संयोजकत्वमा आर्थिक व्यवस्थापन कमिटी गठन गरिएको जनाइएको छ ।

    images
    images
    images

    अन्य उप-समितिहरूमा सुरेन्द्र श्रीको संयोजकत्वमा कार्यालय व्यवस्थापन, यम रानाको संयोजकत्वमा प्रचार-प्रसार, डा. मुरारी पराजुलीको संयोजकत्वमा प्रतिबद्धता मस्यौदा निर्माण कमिटी गठन गरिएको छ । महिला परिचालनमा जानकी न्यौपाने संयोजक र विद्यालक्ष्मी गुरुङ्ग सह-संयोजक छन् । यस्तै युवा परिचालनमा चन्द्राकान्त खराल र बुद्धिजीवी परिचालनमा भरत आस्था संयोजक चयन भएका छन्

    यसैगरी जनप्रतिनिधि समन्वय कमिटीको संयोजकमा डा. कृष्णप्रसाद न्यौपाने, मुक्ति समाज परिचालनमा विकास गहतराज तथा विद्यार्थी परिचालनमा अर्जुन गैरेलाई संयोजक तोकिएको छ । 

    भेलालाई सम्बोधन गर्दै केन्द्रीय सचिव विश्वकर्माले देशको राष्ट्रियता, भौगोलिक अखण्डता, संविधान र गणतन्त्र जोगाउन एमाले सरकार आवश्यक रहेको बताए । उनले फागुन २१ गते हुने निर्वाचनलाई पार्टीले आन्दोलनका रूपमा लिएको उल्लेख गर्दै उम्मेदवारलाई जिताउन सबै एकताबद्ध भएर लाग्न आग्रह गरे । साथै एमाले सरकार र जनप्रतिनिधिले गरेका विकास निर्माणका कामबारे आम नागरिक समक्ष पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

    विश्वकर्माले रुपन्देही क्षेत्र नं १ का लागि महत्वपूर्ण योजनाहरू अघि सारिँदा पनि वर्तमान सरकारले बजेट कटौती गरी विकास निर्माणमा बाधा पुर्‍याएको आरोप लगाए । उनले भदौ २३ र २४ गते भएका आन्दोलनका क्रममा अराजक तत्वले राष्ट्रिय तथा निजी सम्पत्तिमा क्षति पुर्‍याएको भन्दै राष्ट्रव्यापि रुपमा एमालेको उम्मेदवारी त्यसको विरुद्धमा भएको उल्लेख गरे ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् क्षेत्र नं १ का उम्मेदवार दधिराम न्यौपानेले विचारमा प्रतिबद्ध भए मात्र मुलुक परिवर्तन सम्भव हुने धारणा राखे । उनले अराजकता सिर्जना गरी देशलाई कठपुतली बनाउन केही समूहले युवाहरूलाई प्रयोग गरेको आरोप लगाउँदै रुपन्देही-१ को मुहार फेर्ने गरी आफू लागिपर्ने बताए । एमाले सरकारले मात्र देशको विकास गर्न सक्ने न्यौपानेको दाबी छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।