Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

गुण्डु पुगेर जाँचबुझ आयोगले लियो ओलीको लिखित बयान

गुण्डु पुगेर जाँचबुझ आयोगले लियो ओलीको लिखित बयान

images
  • गुण्डु पुगेर जाँचबुझ आयोगले लियो ओलीको लिखित बयान
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगलाई लिखित बयान दिएका छन् । स्रोतका अनुसार आइतबार बयान लिने पत्र लिएर गएको आयोगको टोलीलाई ओलीले आफ्नो लिखित बयान दिएर पठाएका हुन् ।

    images
    images
    images

    तत्कालिन प्रधानमन्त्री समेत रहेका ओलीको बयानका लागि आयोगको टोली आइतबार ओलीको भक्तपुरस्थित निवास गुण्डु पुगेको थियो । आयोगले ओलीले लिखित बयान दिएपछि अब उनको स्थानहद बारे निर्णय लिने भएको छ ।

    images
    images
    images

    अध्यक्ष ओलीले सिंहदरबार गएर जाँचबुझ आयोगलाई बयान नदिने अडान लिँदै आएका थिए । उनले आफ्नो अडान नछोडेपछि फागुन २१ को निर्वाचनलाई असर पुग्ने देखेपछि सरकार लचिलो भएको बुझिएको छ । 

    images
    images
    images

    यसैबीच ओलीले आइतबार भदौ २३ र २४ गतेको घटनाको विषयमा मानवअधिकार आयोगमा बयान दिएका छन् ।  आयोगले गरिरहेको अध्ययनका लागि विभिन्न व्यक्तिहरुओ बयान लिने क्रममा आइतबार ओलीको बयान लिएको हो ।   आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ र उनको स्थानहद समेत फुकुवा गरिसकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • # जाँचबुझ आयोग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।