Logo

२०८३, आश्विन २०गते


images
images

राजनीति

एमालेबाट गोरखा-२ मा चक्रे मिलनसहित तीन जना सिफारिस

एमालेबाट गोरखा-२ मा चक्रे मिलनसहित तीन जना सिफारिस

images
  • एमालेबाट गोरखा-२ मा चक्रे मिलनसहित तीन जना सिफारिस
    images
    images

    गोरखा । नेकपा एमालेले गोरखाको क्षेत्र नम्बर २ बाट ले प्रतिनिधिसभा निर्वाचनका लागि चक्रे मिलन (मिलन गुरुङ) लाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

    images
    images
    images

    जिल्ला कमिटीको निर्णयअनुसार उनलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने सिफारिस गरिएको हो । गोरखा- २ बाट गुरुङसहित ३ जनाको नाम सिफारिस गरिएको छ । जसमा मिलन गुरुङ, बाबुराम थापा र शशिकला पोखरेल रहेका छन् । 

    images
    images
    images

    चक्रे मिलनको अघिल्लो निर्वाचनमा पनि उनको उम्मेदवारीको चर्चा चलेको भए पनि अन्तिम समयमा चुनावमा उम्मेदवार बनेका थिएनन् । त्यसबेला एमालेले अब्दुस मियाँलाई उम्मेदवार बनाएको थियो ।

    images
    images
    images

    २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । यस पटक भने प्रचण्ड सो क्षेत्रबाट उम्मेदवार नबन्ने संकेत देखिएको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • # गोरखा-२
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।