Logo

२०८३, आश्विन ९गते


images
images

झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडे

बसपार्क बिहानैदेखि घर फर्किनेहरूले खचाखच ,एकैदिन ५ लाखले छाडे काठमाडौं

बसपार्क बिहानैदेखि घर फर्किनेहरूले खचाखच ,एकैदिन ५ लाखले छाडे काठमाडौं

images
  • बसपार्क बिहानैदेखि घर फर्किनेहरूले खचाखच ,एकैदिन ५ लाखले छाडे काठमाडौं
    images
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ ।

    images
    images
    images

    कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।

    images
    images
    images

    गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो । यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायः सबै सवारी साधन यात्रुले भरिभराउ भएको जानकारी दिए ।

    images
    images
    images

    देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको उनले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाख जनाले उपत्यका छोडेको अनुमान गरिएको छ । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सङ्ख्यामा उल्लेख गर्न नसके पनि नाकामा दशैँ–तिहारकै जस्तो भीड बढेको बताए । यो खबर आजाको गोरखापत्र दैनिकमा छापिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।