Logo

२०८३, आश्विन २०गते


images
images

एमालेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या नबढ्ने

एमालेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या नबढ्ने

images
  • एमालेको पदाधिकारी र केन्द्रीय कमिटीको संख्या नबढ्ने
    images
    images

    काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक सम्पन्न भएको छ । 

    images
    images
    images

    महाधिवेशनको उद्घाटनसत्र आज बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा हुने र महाधिवेशनको उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधिहरुले शुभकामना दिने निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् । त्यस्तै उद्घाटनसत्रमा अध्यक्ष केपी शर्मा ओली सम्बोधन गर्ने ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    त्यस्तै महाधिवेशनमा विदेशी पार्टीबाट आएका शुभकामना सन्देश पढेर सुनाइने तर विदेशी दलका प्रतिनिधिहरु नबोलाइएको एमालेले जानकारी दिएको छ । त्यस्तै आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएको छ । बन्दसत्रको अध्यक्षता १८ जना सचिवालयका सदस्यहरुले गर्ने भएका छन् ।

    images
    images
    images

    त्यस्तै महाधिवेशनबाट पार्टी गर्ने प्रस्तावको समायोजन गर्न उपमहासचिव प्रतिप ज्ञवालीको संयोजकत्वमा कमिटी गठन गरेको र  पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा माइन्युटिनङ कमिटी गठन गरिएको ज्ञवालीले जानकारी दिएका छन् । 

    त्यस्तै एमालेको महाधिवेशनमा विधान संशोधन नहुने र गत भदौमा सम्पन्न विधान महाधिवेशनले तय गरे अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीको नै नेतृत्व निर्माण गर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए । 

    त्यस्तै सचिवालय बैठकले निर्वाचित भएका महाधिवेशन प्रतिनिधिको ५ प्रतिशतले हुन आउने १०८ जना प्रतिनिधि मनोनित गरेको र प्रतिनिधिको सूची शनिबार नै सार्बजनिक हुने ज्ञवालीले जानकारी दिए । एमालेमा २० प्रतिशत ४० बर्षका मुनीका प्रतिनिधि छानिएको बताउदै सोहि अनुसारनै केन्द्रीय कमिटीमा प्रतिनिधि हुने उनले बताए ।  

    त्यस्तै एमालेले सरकारले जेनजी प्रतिनिधिसँग मङ्सिर २४ गते भएको सम्झौताप्रति एमालेले गम्भीर ध्यानाकर्षण भएको निष्कर्ष निकालेको ज्ञवालीले जानकारी दिए । सरकारले आफ्नो कार्यभारभन्दा बाहिर गएर सरकारले गर्ने कुनै सम्झौता गर्ने अधिकार नभएको एमालेले निष्कर्ष निकालेको छ ।  एमालेले जनताको मत भन्दा बाहिर गएर संबिधान संशोधन हुन नसक्ने भन्दै एमालेले दलहरुलाई बाहिर राखेर कुनै सहमति सम्झौता हुन नसक्ने एमालेको निष्कर्ष रहेको ज्ञवालीले जानकारी दिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।