काठमाडौँ । प्रभु बैंक प्रकरणमा बैंकका रेमिटेन्स डिपार्टमेण्ट प्रमुख सुजित शाक्य पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले नियम विपरित सुपर एजेन्ट बनाई रेमिटन्स कारोबार गर्न प्रभु म्यानेजमेन्टलाई एड्भान्स रकम दिई रेमिट कारोबार स्थगित भए पश्चात समेत नेपाल राष्ट्र बैंकको निर्देशन तथा कानुन विपरित लामो समयसम्म स्वार्थ समुहलाई सो रकम प्रयोग गर्न दिएको आरोपमा शाक्यलाई पक्राउ गरेको जानकारी दिएको छ ।
सिआईबीले यस प्रकरणमा प्रभु बैंकलाई ८ करोड ९३ लाख १९ हजार ९८६ नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन छिपाउनको लागि कर्जा प्रवाह गरी गराई कर्जा दुरुपयोग गरेको कार्यमा संलग्न प्रभु बैंक प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत उपर बैंकिङ कसूरमा अनुसन्धान भईरहेको जनाएको छ ।
सिआईबीले शाक्यलाई ललितपुर महानगरको कनिवहालबाट शाक्यलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology