Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पब्लिकमा भलिबल प्रतियोगिता

देवदह बुद्ध पब्लिकमा भलिबल प्रतियोगिता

images
  • देवदह बुद्ध पब्लिकमा भलिबल प्रतियोगिता
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरु बिच अन्तर सदनात्मक भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

    images
    images
    images

    प्रतियोगितामा प्रत्येक सदनबाट ३ टोलीका दरले जम्मा १२ टोलीको सहभागीता रहेको विद्यालयका खेल संयोजक बलराम ज्ञवालीले बताए । प्रतियोगिताको रेफ्रीमा विद्यालयका भलिबल प्रशिक्षक प्रताप खवास रहेका थिए ।
     
    खेलको उद्घाटन गर्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले खेलले व्यक्तिको शारीरिक, मानसिक एवं बौद्धिक विकास गर्ने कुरा बताए । उनले भलिबल नेपालको राष्ट्रिय खेल भएकाले खेलाडि उत्पादन गर्न विद्यालयले लगानी गरेको दावी गरे ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनी, प्रेम ब. खड्का, दुर्गा ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।