देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरु बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीभित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रत्येक शुक्रवारे साप्ताहिक कार्यक्रम अन्तरगत हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ ।
१५ टोलीको सहभागीता रहेको प्रतियोगिता छनोट चरण र फाइनल चरण गरी दुई चरणमा भएको थियो । छनोट चरणबाट फाइनल चरणमा पुगेका ८ टोलीलाई क्लक र एन्टी क्लक गरी प्रश्न सोधिएको थियो ।
प्रतियोगितामा प्रथम सौगात चापागाईँ, प्रीतम भुसाल र सन्देश भुर्तेलको समूह, द्वितीय अजिना थापा, आयुष्मा रिन्जाली र सिम्रन बस्यालको समूह, तृतीय निर्माण सिलवाल, सौरब ढकाल र दिपेश चापागाईँको समूह भएको थियो ।
कार्यक्रममा विद्यालका प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद सूर्यवंशी मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनी, +२ इन्चार्ज अनन्तराम भण्डारी, खेलकुद संयोजक बलराम ज्ञवाली, प्रेम ब.खड्का, सुरज राना, गीता पौडेल, दुर्गा ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology