Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा आगलागी पिडित दृष्टिविहीन दाजुभाइलार्ई आर्थिक सहयोग हस्तान्तरण

गुल्मीमा आगलागी पिडित दृष्टिविहीन दाजुभाइलार्ई आर्थिक सहयोग हस्तान्तरण

images
  • गुल्मीमा आगलागी पिडित दृष्टिविहीन दाजुभाइलार्ई आर्थिक सहयोग हस्तान्तरण
    images
    images

    गुल्मी। गुल्मीको मालिका गाउँपालिका वडा नं ६ अर्जे पौवाका आगलागी पिडित दुई दाजुभाइलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।  

    images
    images
    images

    दृष्टिविहिन दुई दाजुभाइलाई  एमाले नेता शेषकान्त गौतमले ६० हजार ८ सय १० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्  । गत मंसिर ४ गते साँझ दुई दाजुभाई  खिमप्रसाद भूसाल र मोतीलाल भूसाल बसिरहेको घर– घरगोठमा एक्कासी आगलागी भई घरगोठ जलेर पूर्ण रुपमा नष्ट भएको छ । 

    images
    images
    images


    जन्मजात रुपमा नै दृष्टि गुमाएका दुई दाजुभाईको काम नगरे सम्म चुलो बल्दैन  तर उनीहरूले सक्ने र भ्याएसम्मका काम आफैँ गरेर घरपरिवार चलाएका छन् ।  

    images
    images
    images

    गत मंसिरमा घरगोठमा आगलागी भएपछि भूसाल दाजुभाइको मात्र नभएर परिवारकै बिचल्ली भयो । आगलागीबाट पशुचौपायाबाहेक केही जोगिएन  । 


    ‘दैव लागेपछि जलेको घरमा ढलेको मन बुझाएर बसेका छौँ ।’ ‘घरगोठसँगै फेर्ने कपडा रहेनन्,’ खिमप्रससादले भने,  अहिले दृष्टिविहीन दाजुभाइको परिवार जलेर खण्डहर बनेको घरको ओत लागेका छन् । ‘गाउँलेले नबस्न भन्थे । तर, बारी कुनामा त्रिपालमुनि जाडो थेग्न सकस प¥यो,’ उनले भने, ‘जोखिम मोलेरै भए पनि जलेको घरकै तलामुनि बसिरहेका छौँ ।’ आर्थिक सहयोग पाए घरकै पुनर्निर्माण गर्ने सोच रहेको उनले बताए ।


    दृष्टिविहीन परिवार आगलागीका कारण बिचल्लीमा परेपछि गुल्मीको तम्घासमा  एमाले नेता शेषकान्त गौतमको पहलमा संकलन गरिएको ६० हजार ८ सय १० रुपैयाँ सहयोग रकम  गौतमले आगलागी पिडित भूसाललाई हस्तान्तरण गरेका हुन् । उनले सहयोग रकम हस्तान्तरण गर्दै तम्घासमा आफू सहित पत्रकारहरुको पहलमा रकम संकलन गरिएको जानकारी दिए । गौतमले आगलागी पिडित तथा प्राकृतिक विपत्तिमा पर्ने नागरिकहरुका लागि स्थानीय सरकारले ठोस कार्यक्रम ल्याएर उनीहरुलाई घरवास विहिन बनाउन नहुने बताए । उनले गाउँलेहरुले श्रमदान  गरेर भएपनि दृष्टिविहिन दाजुभाइहरुका लागि घर बनाउन पहल गर्नुपर्ने बताए । 


    गौतमले आर्थिक रकम सहयोग गर्ने गुल्मी अस्पताल, जिल्ला प्रशासनलगायत तम्घासका विभिन्न व्यक्ति र संस्थालाई धन्यवाद् दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।