पोर्टमोरेस्वी । गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद जापान (एनआरएनए जापान) पुर्नगठन गरिएको छ । बुधबार बसेको बैठकले कार्यसमिति पुनर्गठन गर्दै कार्यबाहक अध्यक्ष रहनु भएकी अनिता गुरुङलाई पुर्ण अध्यक्षको जिम्मेवारी दिइएको छ । जापानको नेपाली समाजलाई अझ बढी सहयोग, समन्वय गर्न र सामाजिक सेवालाई सकृय भएर लाग्ने उद्देश्यले कार्यसमितिलाई पूर्णता दिइएको जनाइएको छ ।
एनआरएनए जापानको निर्वाचनमा धाँधली भएको प्रमाणीत भइसक्दा पनि केन्द्रले पुन: निर्वाचन गराउन नचाहेको भन्दै यसअघि सन् २०१९-२०२१ कार्यकालको लागि कार्यवाहक अध्यक्ष रहनु भएको गुरुङको कार्यसमितिले ६ महिनाभित्र निर्वाचन गर्ने घोषणा गरेको थियो ।
यसअघि बसेको बैठकले सन् २०१९-२०२१ मा रहने कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई कमिटिमा रही कार्य गर्न र तीन दिनभित्र सम्पर्कमा आउँन आग्रह गर्दै नआए पुर्नगठन गरि कमिटिलाई पूर्णता दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अनुपस्थितको ठाउँमा बाहिरका अभियन्तालाई समेटेर पूर्णता दिइएको बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology