Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

विदेशमा बस्ने नेपालीको अधिकार सुनिश्चित गर्न एनआरएनएको माग

विदेशमा बस्ने नेपालीको अधिकार सुनिश्चित गर्न एनआरएनएको माग

images
  • विदेशमा बस्ने नेपालीको अधिकार सुनिश्चित गर्न एनआरएनएको माग
    images
    images

    काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले विदेशमा रहेका नेपालीहरुको अधिकार र सुविधा सुनिश्चित गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images
    images
    images

    संघका अध्यक्ष शर्मा नेतृत्वको टोली नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई सिंहदरबारमा भेटी बधाई दिनुका साथै विदेशमा बस्ने नेपालीका मुद्दामा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भने ‘विदेशमा रहेका नेपालीहरु आफ्नो अनुभव, ज्ञान र पूँजी नेपालको विकासमा योगदा गर्न तयार छन् त्यका लागि वर्तमान सरकारले सहजीकरण गर्नुपर्छ ।’  

    images
    images
    images

    सो अवसरमा अध्यक्ष शर्माले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन, अध्यागमनको सुविधा, सम्पत्ति रक्षा, बैंकिङ सुविधा, राष्ट्रिय परिचयपत्र र मताधिकार सम्बन्धी अधिकारहरुको कार्यान्वयनका लागि आफूहरुले सँधै सरकारलाई खबरदारी गर्ने पनि प्रष्ट पारे । यस्तै, विदेशमा रहेका नेपालीहरुको समस्या समाधानका लागि दूतावासहरुमा जनशक्ति अभाव भएकोतर्फ ध्यानाकर्षण गराउँदै  जनशक्ति बृद्धिमा ध्यान दिन र नयाँ दूतावास स्थापनाका लागि पनि पहल गर्न आग्रह गरे ।

    images
    images
    images

    एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले सुशासन, भ्रष्टाचार विरोधी र समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरु वर्तमान सरकारसँग सधैं साथमा रहने प्रतिवद्धता व्यक्त गरे ।

    उनले शुसासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि सरकारी स्रोतबाट हुने भए पनि समृद्ध नेपाल बनाउनका लागि ठूला लगानी, ज्ञान र सिप एवं प्रविध आवश्यक पर्ने र त्यसका लागि एनआरएनए सहयोगी हुन सक्ने प्रष्ट पारे ।

    संस्थापक अध्यक्ष महतोले ९० देशमा रहेका नेपालीहरुको साझा आवाज र एकतालाई नेपालको विकास अभियानमा जोड्न सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

    जवाफमा परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपालीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नीतिगत सुधार, लगानी विस्तार र संस्थागत सहकार्य गर्ने उल्लेख गरे ।

    उनले हालै सम्पन्न निर्वाचनमा विदेशस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहेको स्वीकार गर्दै एनआरएन नागरिकता सम्बन्धी विषयमा सरकार सकारात्मक भए पनि कानुनी जटिलता फुकाउन केही समय लाग्ने उल्लेख गरे । यसैगरी, युरोपियन देश पोर्चुगलमा रहेका नेपालीहरुको समस्या समाधानका लागि मन्त्रालयले पहल गरिरहेको पनि सो अवसरमा जानकारी दिए ।  

    त्यस अवसरमा गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय समितिले २२–२३ जुन २०२६ मा आयरल्याण्डको डब्लिनमा आयोजना गर्न लागेको १७औँ युरोप क्षेत्रीय सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनाललाई प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।