काठमाडौँ । ईन्डोनसियामा हुने ट्राईनेसन महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबलको प्रारम्भिक १७ जनाको टिम घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रारम्भिक चरणमा २७ खेलाडी बोलाएका हुन् ।
नेपाली महिला फुटबल टिममा अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर, उषा नाथ, हिरा कुमारी भुजेल, सजनी थोकर, समिक्षा घिमिरे, निशा थोकर, पुजा राना, बिमला विक, प्रतिक्षा चौधरी, रेणुका नगरकोटी, पुर्णिमा राई, प्रीति राई, सरु लिम्बु, दीपा शाही सबिता राना मगर, अनिता बस्नेत, मीना देउवा, सावित्रा भण्डारी, बिर्सना चौधरी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, नेहा कुमारी चौधरी, लिला जोशी, सरस्वती हमाल, मन माया दमाई र अनिता लाम्जल रहेका छन् ।
नेपाली महिला फुटबल टिमले नोभेम्बर २६ मा इन्डोनेसियामा ट्राइनेसन मैत्रीपूर्ण खेल खेल्दैछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology