Logo

२०८३, श्रावण २७गते


images
images

फुटबल

यू-१९ महिला साफ फुटबल : भुटानमाथि नेपालको जित, भारतलाई बंगलादेशले हरायो

यू-१९ महिला साफ फुटबल : भुटानमाथि नेपालको जित, भारतलाई बंगलादेशले हरायो

images
  • यू-१९ महिला साफ फुटबल : भुटानमाथि नेपालको जित, भारतलाई बंगलादेशले हरायो
    images
    images

    पोखरा । पोखरामा जारी यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले भुटानमाथि जित हासिल गरेको छ ।

    images
    images
    images

    सोमबार सम्पन्न खेलमा नेपालले भुटान;लाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो नेपालको दोस्रो खेलमा पहिलो जित भने भुटानको लगातार दोस्रो हार हो ।

    images
    images
    images

    यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल  भारतसँग १-० गोलले र भुटान बंगलादेशसँग १२-० ले पराजित भएको थियो ।

    images
    images
    images

    त्यस्तै आजै सम्पन्न पहिलो खेलमा बंगलादेशले भारतलाई २-० ले पराजित गरेको थियो । 

    अब लिग चरणको अन्तिम खेल बुधबार भारत र भुटानबीच हुने छ भने नेपाल र बंगलादेशबीच हुने तालिका रहेको छ । 

    यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी चार देशले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जस अन्तर्गत प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने छन् र शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।