Logo

२०८३, श्रावण २७गते


images
images

राजस्व चुहावट

राजस्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्रीको निर्देशन

राजस्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्रीको निर्देशन

images
  • राजस्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्रीको निर्देशन
    images
    images

    काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालको अध्यक्षतामा केन्द्रीय राजस्व चुहावट समितिको बैठक बसेको छ ।

    images
    images
    images

    बैठकमा अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तरकुमार खत्रीको प्रस्तुति भएको थियो । बैठकमा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लास्तरमा समेत समन्वयात्मक बैठक आयोजना गर्ने, राजस्व चुहावट नियन्त्रणका लागि सवैको सामूहिक प्रयास, सवै निकायहरु वीच सूचनाको आदान प्रदान, जिल्ला स्तरमा सचेतना कार्यक्रमको आयोजना गर्ने, समितिका आगामी बैठकहरु अन्य कार्यालयहरु/निकायहरुमा गर्ने र जिल्लास्तरका चुहावट नियन्त्रणमा संलग्न कार्यालयहरुलाई पनि अनलाइनमा जोडी संयुक्त रुपमा गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा अर्थमन्त्रीले निर्देशन दिएका थिए । 

    images
    images
    images

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह सचिव, अर्थ सचिव, महानिरीक्षक-नेपाल प्रहरी, महानिरीक्षक-सशस्त्र प्रहरी बल नेपाल, मुख्य अनुसन्धान निर्देशक-राष्ट्रिय अनुसन्धान विभाग, महानिर्देशक-भन्सार विभाग, महानिर्देशक-आन्तरिक राजस्व विभाग, महानिर्देशक-राजस्व अनुसन्धान विभाग, महानिर्देशक- सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजस्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।