Logo

२०८३, श्रावण २७गते


images
images

रूपन्देही मालपोतको राजस्व असुली घट्यो

रूपन्देही मालपोतको राजस्व असुली घट्यो

images
  • रूपन्देही मालपोतको राजस्व असुली घट्यो
    images
    images

    भैरहवा । जिल्ला मालपोत कार्यालय रूपन्देहीको राजस्व सङ्कलन चालु आर्थिक वर्षको फागुन मसान्तसम्म घटेको देखिएको छ । यसले पछिल्लो समय घरजग्गा कारोबारमा आएको सुस्तता र समग्र आर्थिक गतिविधिमा कमी आएको संकेत गरेको छ ।

    images
    images
    images

    कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म रु ८० करोड ९७ लाख ६४ हजार ९४० राजस्व सङ्कलन भएको थियो । तर चालु आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यो रकम घटेर रु ७३ करोड ३९ लाख ३९ हजार ४६८ मा सीमित भएको छ ।

    images
    images
    images

    तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा रु ७ करोड ५८ लाख २५ हजार ४७२ ले राजस्व असुली घटेको हो ।

    images
    images
    images

    कार्यालयकी लेखा अधिकृत सुजता पोखरेलले घरजग्गा खरिद–बिक्री, नामसारी तथा लिखत दर्ता जस्ता सेवामार्फत राजस्व सङ्कलन हुँदै आएको बताइन् । उनका अनुसार बजारको चलायमानता, आर्थिक गतिविधिको अवस्था र घरजग्गा कारोबारमा आउने उतार–चढावले राजस्वमा प्रत्यक्ष असर पार्ने गर्छ ।

    चालु आर्थिक वर्षको बाँकी अवधिमा आर्थिक गतिविधि बढ्ने अपेक्षासहित राजस्व सङ्कलनमा सुधार आउने कार्यालयको विश्वास छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजस्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।