सानैदेखि अगाडि गएर सबैको सामु बोल्नु अनि कार्यक्रम चलाउन भनेपछि म हुरुक्कै हुन्थे । गुल्मीको रेसुङ्गा नगरपालिका वार्ड न ९ मा रहेको उपल्लो तम्घास माविमा कक्षा ६ मा पढ्दादेखि नै अगाडि गएर बोल्न थाले । अनि बाल क्लब, इको क्लब, नेपाल स्काउट, रेडक्रसका विभिन्न पदमा बसेर कक्षा ६ बाट अगाडि सर्दै जान थालें । सुरुमा सबैको अगाडि बोल्न डर लागे पनि पछि बिस्तारै बोल्ने बानी पर्यो । डर हराउन लाग्यो । यसै गर्दै कक्षा १० सम्म सकृय हुँदै आए पछि जिल्ला बाल क्लब गुल्मीको सचिव पनि भएँ । अनि मिडियाको क्षेत्रमा अगाडि बढन मन लायो ।
२०७४ को चैत मा माध्यमिक शिक्षा परिक्षा एस.इ.इ दिएपछि २०७५ सालदेखी गुल्मीमा मिडियाको क्षेत्रमा अबल्ल दाइहरु शंकर भुसाल, दिपक नेपाली, मनोज कार्की दाइहरुबाट केही सिक्दै यस क्षेत्रमा अगाडि बढदै गएँ । सुरुमा गुल्मी टेलिभिजनमा दिपक दाइ र शंकर दाइ सङ्ग केही कुरा सिक्दै काम गर्दै गएँ । लगभग केही समय गरेपछि बिस्तारै आफुलाइ अझै बिकास गर्नुपर्छ भन्ने लागेर २०७६ सालदेखी फ्याट् फुट् समाचार लेख्दै जान थालेँ । अनि बिस्तारै सबैसङ्ग चिनोजानो बढदै गयो । यस सेतोमसी डट कम का सह- समपादक प्रीय मित्र सुमन महतरा सङ्ग चिनजान २०७४ सालमा तम्घासमा कम्प्युटर कलास लिंदा भए पनि राम्रोसँग पछि नजिक हुँदै गयौ । बिचार धारा मिल्दै जान थालेपछि पछि झन नजिक भयौं ।
बिचको यात्रा अन्य अनलाईन तिर भए पनि प्रभावकारि तरिकाले काम गर्न सकिएन । यसै गर्दै केही बर्ष त बित्यो । तर केही नयाँ कुरा सिक्न पाइएन । पछि प्रीय मान्छे यस पत्रीकाका सह सम्पादक सुमन जि सङ्ग कुरा हुँदै गएपछि उहाँले मलाई सेतोमसीमा अबसर दिनुभयो ।
समाचार लेख्दै जाँदा रेडियोबाट पनि समाचार पढन रहर लाग्दै गयो । र, सामुदायिक रेडियो स्काइ तम्घास गुल्मीमा कुरा राखें त्यसपछि त्यहाँ म पहिले नै नजिक भएको कारणले सन्तोस महतरा दाइ सङ्ग समाचार पढन थालें । जब रेडियोमा समाचार पढन थालें । त्यस दिनदेखी म झन सबै सामु बिस्तारै परिचित हुन थाले । पछिल्लो क्रममा गुल्मी जिल्लाको पहिलो रेडियो, रेडियो रेसुङ्गामा समाचारकै क्षेत्रमा जोडिन पाएँ । त्यहाबाट मलाई झन परिचित हुने मौका मिल्यो ।
गएको झन्डै एक वर्षदेखि जब सेतोमसीमा जोडिन पाएँ । समाचार लेखन शैलीमा म थप अगाडि बढने मौका पाएँ । सांचो भन्नुपर्दा सेतोमसी मेरो पत्रकारीता करियरमा कोशेढुंगा बन्यो । समाचार कसरी लेखिन्छ ? कस्ता शब्द प्रयोग गर्नुपर्छ ? कसरी सुरुवात गर्नुपर्छ भन्ने कुरा यस सेतोमसीसंग जोडिएपछी सिक्न पाएँ । त्यो भन्दा अगाडि अन्य अनलाईनमा समाचार लेखें पनि यहाँ जति सिक्न पाइएको थिईएन । त्यसमा सहयोग गर्ने सेतोमसी पत्रीकाका सम्पादक आदरणीय बिष्णु पोखरेल सर प्रती कृतज्ञता प्रकट गर्दछु ।
सहकार्य र सिकाईकोलागि सेतोमसीप्रती आभार छु । प्रथम वार्षिकोत्सबको भव्य शुभकामना ।
अनिष पन्थी
गुल्मी संवाददाता
setomasi.com
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology