Logo

२०८३, कार्तिक २४गते


images
images

सेतोमसीको सम्पादकीय टिमको जिम्मेवारी हेरफेर, सम्पादकमा टंक सुनार नियुक्त

सेतोमसीको सम्पादकीय टिमको जिम्मेवारी हेरफेर, सम्पादकमा टंक सुनार नियुक्त

images
  • सेतोमसीको सम्पादकीय टिमको जिम्मेवारी हेरफेर, सम्पादकमा टंक सुनार नियुक्त
    images

    देवदह । डिजिटल पत्रिका सेतोमसी डटकमको सम्पादकीय टिमको जिम्मेवारी हेरफेर गरिएको छ । सञ्चालक संस्था सेतोमसी मिडिया नेटवर्क प्रालिले सम्पादकीय टिमलाई थप सशक्त, जिम्मेवार र प्रभावकारी बनाउने उद्देश्यले नेतृत्वमा हेरफेर गरेको जनाएको छ ।

    images
    images
    images

    नयाँ जिम्मेवारीअनुसार टंकबहादुर (टंक) सुनारलाई सेतोमसी डटकमको सम्पादकमा नियुक्त गरिएको छ । यसअघि सम्पादक रहेका विष्णु प्रसाद पोखरेललाई प्रधान सम्पादक र कार्यकारी सम्पादक रहेका पवन पौडेललाई प्रबन्ध सम्पादकको जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    डेढ दशकदेखि पत्रकारितामा सक्रिय सुनारले देवदहस्थित रेडियो देवदहबाट पत्रकारिता सुरु गरेका हुन् । उनले देवदह टेलिभिजनको समाचार कक्षको नेतृत्वसमेत गरेका छन् ।

    images
    images

    पत्रकारितासँगै पेशागत संगठनमा सक्रिय सुनार नेपाल पत्रकार महासंघ रुपन्देहीको कार्यसमिति सदस्यसमेत रहिसकेका छन् ।

    सम्पादकीय टिमको जिम्मेवारी हेरफेरसँगै समाचारको गुणस्तर अभिवृद्धि, सम्पादकीय जवाफदेहिता र संस्थागत कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने लक्ष्य रहेको सेतोमसी मिडिया नेटवर्क प्रालिले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेतोमसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।