Logo

२०८३, आश्विन २१गते


images
images

विशेष सम्पादकीय : सत्यको प्रचार र गलतमाथि प्रहारका एक वर्ष

विशेष सम्पादकीय : सत्यको प्रचार र गलतमाथि प्रहारका एक वर्ष

images
  • विशेष सम्पादकीय : सत्यको प्रचार र गलतमाथि प्रहारका एक वर्ष
    images
    images

    वि. सं. २०७४ कात्तिकदेखि अनौपचारिक रुपमा समाचार तथा लेख-रचनाहरू प्रकाशन गर्दै आएको सेतोमसी तीन बर्षसम्म नेपाली समाजमा डिजिटल पत्रीकाको आवश्यकता र प्रभावकारीताबारे अध्ययन गरेपश्चात २०७७ पुस २१ गते सूचना तथा प्रसारण विभागमा दर्ता र प्रेस काउन्सिल नेपालमा सुचिकृत भै विधिवत रुपमा संचालित छ ।

    images
    images
    images


    विधिवत दर्ता भएर औपचारिकरुपमा सुरु भएको दिनलाई पहिलो दिन मान्दा आज सेतोमसीले एक वर्ष पूरा गरेको छ । यस विचमा दर्जनौं जिल्ला र तिनका मुख्य स्थानीय तहसम्मै सेतोमसीको संजाल छ । रुपन्देहीमा दुई र गुल्मीमा दुई कार्यालयसंगै संघीय राजधानी काठमाडौंमा समेत सेतोमसीले सम्पर्क कार्यालय संचालन गर्दै आएको छ । 

    images
    images
    images


    एक वर्षको विचमा दैनिक सरदर ११ वटा समाचार तथा लेख रचना प्रकाशन गरेको सेतोमसीले यस विचमा कैयौं महत्वपूर्ण सार्वजनिक र आमजनचासोका सवालमा कलम चलाएर पाठकमाझ भिन्न प्रभाव जमाउन सफल भएको छ । प्रथम वार्षिकोत्सबको अवसरमा सत्य, तथ्य र निष्पक्ष समाचारको खोजीमा दिनरात दौडने सम्पुर्ण पत्रकार साथीहरू र सेतोमसीलाई अगाध विश्वाससंगै अमुल्य सुझाव सल्लाह दिनुहुने आमपाठकप्रती हाम्रो टिम सदैव ॠणि रहेको जानकारीसंगै विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

    images
    images
    images


    देशमा २८०० बढि डिजिटल पत्रीकाहरू दर्ता छन् । 
    दर्ता भएका दैनिक पत्रीकाको संख्या ७४४ छ भने अर्धसाप्ताहिक र साप्ताहिकको संख्या झन्डै ३ हजार छ । अन्य  पाक्षिक, मासिक, त्रैमासिक,  अर्धवार्षिक र वार्षिक गरि देशमा दर्ता भएका छापा पत्रिकाको जम्मा संख्या ७८७४ छ । यद्यपि दर्ता भएका सबै संचारमाध्यम संचालित छैनन् ।  पुर्ण तथा आंशिक बन्द हुने संचार माध्यमको संख्या उल्लेख्य नै छ । यसबाट पनि थाहा हुन्छ, संचारमाध्यम चलाउनै गार्ह्यो छ । पत्रकारीताको विधि, विधान र आचारसंहिता मै टेकेर पाठकलाई फरक शैलीमा फरक समाचार र विचार पस्किन सकिएन भने संचारमाध्यम जिवित रहन सक्दैनन् भन्ने हामीले राम्रोसँग बुझेका छौँ । यसैकारण पनि व्यवसायीक मर्यादा कायम राख्दै हरपल हामी फरक ढंगले प्रस्तुत हुँदै आएका छौँ ।


    राज्यको चौंथो अंग मिडिया र मिडियाकर्मी समाजका शिक्षक हुन् । राज्यसंयन्त्रलाई सचेत बनाउँदै नागरिकमैत्री हुन दवाव दिनेदेखि नागरिकलाई राज्यप्रतिको नागरिक कर्तव्यकोबोध गराउँने काम संचार जगत कै हो । त्यसैले संचारक्षेत्रलाई 'वाचडग' भनिएको हो । हरेक राज्यसंयन्त्रमा, हरेक सामाजिक संघसंस्थामा र हरेक व्यक्तिको सार्वजनिक गतिविधिमा मिडियाको नजर रहन्छ । हाम्रो टिम क्रियाशिल भएका क्षेत्रमा हामीले यसप्रकारको हाम्रो न्युनतम दायित्व निभाएका छौं भन्ने हामीलाई लागेको छ ।


    यसविचमा हामीले विकास निर्माणमा हुने ढिलासुस्ती र भ्रष्टाचार देखि शैक्षिक क्षेत्रमा हुने लापरबाही हुँदै विभिन्न स्थानका राजनीतिक तथा सामाजिक संस्थाहरूका गलत गतिविधिमा राम्रैसंग कलम चलाएका छौं र हामीले प्रकाशित गरेको समाचारकै कारण कैयौं सकारात्मक परिवर्तन भएका छन् । संस्थागत संयन्त्र सजग भएका छन् र नागरिक सूचित भएका छन्, जसमा हामी हिजो, आज र भोलि पनि गर्व नै गर्नेछौं ।

    हाम्रो अभियान यतिमै रोकिने छैन । हरेक सकारात्मक गतिविधिको प्रचार र गलत क्रियाकलापमाथिको हाम्रो प्रहार जारी नै रहनेछ । प्रथम वार्षिकोत्सवको अवसरमा सम्पुर्ण पाठक, पत्रकार तथा विज्ञापनदाताप्रति आभार व्यक्त गर्दै मिडिया जगतमा खाली रहेका वा खाली बनाईएका पृष्ठहरूलाई सत्य, तथ्य र निष्पक्ष समाचारले भर्ने काममा अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्दछौं । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।