Logo

२०८३, आश्विन १०गते


images
images

रम्भा गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा

रम्भा गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा

images
  • रम्भा गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा
    images
    images

    पाल्पा । पाल्पा जिल्लाको रम्भा गाउँपालिका बालमैत्री गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाले बालमैत्री स्थानीय शासनको सबै सूचकहरू पूरा गरेपछि बालमैत्री गाउँपालिका घोषणा गरिएको हो । 

    images
    images
    images


    जिल्ला समन्वय समिति पाल्पा र लुम्बिनी प्रदेश सरकारको अनुमतिमा बालमैत्री गाउँपालिका घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति बमोजिम नेपाल सरकारले तय गरेका ३९ वटा सूचकमा तोकिए अनुसारको नतिजा प्राप्त गर्नुपर्ने व्यवस्था छ । उक्त सूचकमध्ये बालमैत्री स्थानीय तह घोषणका लागि १७ वटा सूचकमा शतप्रतिशत र बाँकी २२ वटा सूचकमा ८० प्रतिशत नतिजा ल्याएमा बालमैत्री घोषण गर्न सकिने प्रावधान छ ।
    उक्त प्रावधानमध्ये रम्भा गाउँपालिकाले ५१ वटा सूचकहरू पूरा गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । बालमैत्री गाउँपालिका घोषणा सङ्घीय सांसद तथा पूर्व भूमिसुधार मन्त्री दल बहादुर राना र लुम्विनी प्रदेशकी कानुन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती संयुक्त रुपमा बालमैत्री गाउँपालिका घोषणा गर्नुभयो । 
    गाउँपालिकाले चार वटा मुख्य सूचक भित्रका ५१ वटा सूचकहरू चरणबद्ध रुपमा पार गरेर पालिका भित्र बालमैत्री शासन लागू गरेको जनाएको छ । बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता मुख्य सूचक रहेका छन् । गाउँपालिकाले सबै बालबालिकाहरुलाई विद्यालयमा अनिवार्य सहभागिता, बालबिवाहको अन्त्य, सबै विद्यालयमा गुणस्तरीय स्वच्छ खानेपानीको व्यवस्था, साबुन पानीले हातधुने व्यवस्था, आधारभुत कक्षा १ देखि ८ सम्मका बालवालिकालाई विद्यालयमै दिवा खााजाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।