Logo

२०८३, आश्विन २०गते


images
images

एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गर्न सबै प्रयास गर्ने

एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गर्न सबै प्रयास गर्ने

images
  • एमालेले प्रतिनिधि सभा पुनर्स्थापना गर्न सबै प्रयास गर्ने
    images
    images

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सुझावसहित पारित भएको छ ।

    images
    images
    images

    बुधबारदेखि शुरु भएको बैठकले अहिलेको राजनीतिक समस्याको एक मात्र समाधान विघटित प्रधिनिधि सभाको पुनर्स्थापना नै रहेको निष्कर्ष निकालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । एमालेले आफ्नो शक्तिलाई जनपरिचालन गरेर अगाडी बढाउने र व्यापक रुपमा संसद पुनर्स्थापनाको अभियानलाई अगाडी बढाउने निर्णय गरेको गौतमले जानकारी दिए । संसद पुनर्स्थापनाको निर्णयमा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले फरक मत राखेका छन्  ।  

    images
    images
    images

    निर्वाचनबाट एमाले धेरै टाढा नभएको भन्दै उनले निर्वाचन प्रयोजनको लागि हस्ताक्षर गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको बताए । बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिदै ओलीले आफुले विद्या भण्डारीसँग कुरा गर्ने बताएका थिए । बैठकमा कैयौं सदस्यहरुले भण्डारीको सदस्यता नरोक्न सुझाव दिएका थिए । 

    images
    images
    images

    एमालेको केन्द्रीय कमिटीको बैठकमा २३३ केन्द्रीय सदस्यसहित ३२८ जनाले आफ्नो धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।