काठमाडौँ । अस्ट्रेलियाले जारी विश्वकपमा भारतमाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो । भारतले दिएको ३३१ रनको बिशाल लक्ष्य पछाएको अस्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियालाई जिताउने क्रममा कप्तान एलिसा हेलीले सर्बाधिक १४२ रन बनाएकी थिइन् । यस अघि पहिला ब्याटिंग गरेको भारतले ४८.५ ओभरमा अल आउट हुदै ३३० रन बनाएको थियो ।
भारतका लागि स्मृति मन्दानाले ८० र प्रतिका रावलले ७५ रन बनाएका थिए । यो जितपछि अस्ट्रेलिया ४ खेलमा ७ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै भारतको भने यो ४ खेलमा दोस्रो हार हो । भारतको ४ खेलमा ४ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology