Logo

२०८३, आश्विन ९गते


images
images

डिपिएल

डिपिएल : शनिवारका खेलमा भवानीपुर र टटेरा विजयी

डिपिएल : शनिवारका खेलमा भवानीपुर र टटेरा विजयी

images
  • डिपिएल : शनिवारका खेलमा भवानीपुर र टटेरा विजयी
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन-२ अन्तर्गत आज शनिवार सम्पन्न दुई खेलमा भवानीपुर रोयल्स र टटेरा डाइनामाइट विजयी भएका छन् । सनिवारको पहिलो खेलमा भवानीपुरले ४ विकेटको जीत हात पार्यो । 

    images
    images
    images

    खैरेनी ग्लाडियटर्स विरुद्धको खेलमा टस जितेर भवानीपुरले फिल्डिङ रोजेको थियो । भवानीपुरले दिएको ब्याटिङको निम्तोलाई स्वीकार गर्दै  खैरेनीले ११० रन बनायो । खैरेनीको लागि किशोर यादवले २७, कमल जैसीले २० र प्रेम भुर्तेलले १६ रनको योगदान गरे । बलिङ तर्फ भवानीपुरका सन्दिप अर्याल र प्रकाश बरालले समान ३÷३ तथा आशिष चौधरीले १ विकेट हात पारे ।

    images
    images
    images

    १११ रनको लक्ष्य सहित मैदानमा उत्रिएको भवानीपुरका लागि दिपक भण्डारीले नट आउट रहँदै ४६ बलमा  ५७ रन प्रहार गरे । त्यस्तै कृष्ण पासी र प्रकाश बरालले समान ११÷११ रनको योगदान गरे । 

    images
    images
    images

    बलिङ तर्फ खैरेनीका प्रेम भुर्तेल, कमल जैसी र सुरज गुप्ताले समान १÷१ विकेट लिएपनि त्यो जितका लागि प्रयाप्त भएन । भवानीपुरले १८.४ ओभरमा ६ बिकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । खेलमा भवानीपुरका दिपक भण्डारी म्यान अफ दि म्याच घोषित भए ।

    यस्तै सनिवार नै सम्पन्न दोश्रो खेलमा टटेराले ढेकावर योद्धा विरुद्ध ५५ रनको जीत हात पार्यो । खेलमा ढेकावरले टस जितेर बलिङ रोज्दै अघिल्ला ३ खेलमा हार व्यवहोरेको टटेरालाइ ब्याटिङको निम्तो दिएको थियो । उक्त निम्तोलाई स्वीकार गर्दै टटेराले २ विकेटको क्षतिमा १५६ रनको विशाल योगफल तयार गर्यो ।

    टटेराको लागि बिपिन भट्टराइले ५८, डेभिड थापाले ५६ तथा बिभेस खातीले नट आउट ३० रनको योगदान दिए । ढेकावरको लागि हिल्सन क्षेत्रीले १ बिकेट लिए । टटेरका १ खेलाडी रन आउट भए ।

    दोस्रो इनिङमा १५७ रनको लक्ष्य सहित मैदान उत्रिएको ढेकावरका लागि सम्राट थापाले २७, जितेन्द्र बानियाँले १७ र हिल्सन क्षेत्रीले १० रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

    टटेराको लागि बिभेस खातीले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिए ।  यसैगरी बिपिन भट्टराईले २ र डेभिड थापाले १ विकेट हात पारे । खेलमा टटेराका बिभेस खाती म्यान अफ दि म्याच घोषित भए ।

    प्रतियोगिता अन्तर्गत भोलि आइतवार पाकडी प्यान्थर्स विरुद्ध शितलनगर सुपर स्टाइगर्स र भवानीपुर रोयल्स विरुद्ध ढेकावर योद्धा बिच खेल हुने आयोजक डि युनिटी युथ क्वलका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको पहिलो खेल डिसियु क्रिकेट मैदान शीतलनगरमा बिहान १० बजे हुने र दोस्रो खेल दिउसो १ बजे हुने खेल संयोजक गोपाल प्रसाद भण्डारीले जनाएका छन् ।   

    असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टोलीले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए । 

    त्यसैगरी उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज लगायतका विधामा पनि नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । 

    यसपटकको डिपिएलमा पहिलो संस्करणको विजेता पाकडी प्यान्थर्स, उपविजेता शीतलनगर सुपर स्टाईकर्स, ढेकावर योद्धा, खैरेनी ग्लाडियटर्स, टटेरा डाईनामाईट र भवानीपुर रोयल्सले फ्रेन्चाईजी प्राप्त गरेका छन् । प्रतियोगिताका सबै खेल सेतोमसी डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।