Logo

२०८३, आश्विन १८गते


images
images

डिपिएल

डिपिएल दोस्रो संस्करण भोलीबाट : उद्घाटन खेलमा भवानीपुरले टटेराको सामना गर्ने

डिपिएल दोस्रो संस्करण भोलीबाट : उद्घाटन खेलमा भवानीपुरले टटेराको सामना गर्ने

images
  • डिपिएल दोस्रो संस्करण भोलीबाट : उद्घाटन खेलमा भवानीपुरले टटेराको सामना गर्ने
    images
    images

    देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को दोश्रो संस्करण सोमवारबाट सुरु हुनेभएको छ । असोज १८ गते शनिवारबाट सुरु हुने भनिएको खेल बर्षाका का कारण स्थगित भएपछि सोमवारबाट सुरु गर्न लागिएको हो । 

    images
    images
    images

    लिगको पहिलो खेल भोली बिहान १० : ०० बजे भवानीपुर रोयल्स र टटेरा डाइनामाइट विच हुनेछ । यस्तै दोश्रो खेलमा पाकडी प्यान्थर्सले खैरेनी ग्याडियटर्सको सामना गर्ने आयोजक डी युनिटी युथ क्लबका अध्यक्ष सचिन कुमार श्रेष्ठले जानकारी दिए । 

    images
    images
    images

    ६ वटा फ्रेन्चाइजी विच प्रतिष्पर्धा हुने प्रतियोगिता अन्तर्गत स्थगन भएका ३ दिनका खेल पछि संचालन गरिने प्रतियोगिताका संयोजक गोपाल भण्डारीले बताएका छन् । प्रतियोगितामा भाग लिने अन्य दुइ फ्रेन्चाइजीहरुमा शीतलनगर सुपर स्ट्राइकर र ढेकावर योद्धा रहेका छन् । प्रतियोगिता असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    लिगका सबै प्रतिष्पर्धाहरु टेनिस बलबाट गराईनेछ भने प्रत्येक खेल २० ओभरको हुनेछन् । खेल आईसीसीको नियम अनुसार खेलाइने भए पनि ‘इम्प्याक्ट प्लेयर’ नियम लागु हुने बताइएको छ । यसका अतिरिक्त एलबीडब्ल्युको नियम भने प्रतियोगितामा लागु नहुने आयोजकले जनाएको छ ।

    खेलमैदानभित्र कुनै पनि प्रकारका नशालु पदार्थ वा प्रतिबन्धित वस्तु प्रयोग गर्न नपाइने, खेलाडीले अनिवार्य जर्सी र जुता लगाउनुपर्ने, अपशब्द प्रयोग गरेमा ५ रनको जरिवाना हुनेछ तथा ढिलाइ गर्दा सोही अनुसारको दण्ड लागु हुने उल्लेख गरिएको छ । खेलसम्बन्धी कुनै विवाद आए आयोजककै निर्णय अन्तिम हुने पनि नियममा प्रष्ट पारिएको छ ।

    डिपीएलको मिडिया पार्टनर सेतोमसी डटकम रहेको छ ।  प्रतियोगिताका सबै खेल सेतोमसीबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।