कृष्ण अन्जान, रिडीबजार । रुरुधामकाे रिडीबजार झर्ने पुराना बुढापाकाहरुले सधै सम्झिरहने परिकार हाे - बम्बईसन जुल्पि हलुवा र चुकौनी । यी दुईसँगै दहिचिउरा पनि रिडीबजारकाे प्रख्यात नास्तामध्य एक हाे ।
बजारकाे माज्जैमा हुँगेली साँईला रिषिराम भट्टराईकाे हुँगेली हाेटलमा पुगेपछि यी सबै परिकार पाईन्थ्याे ।भर्खर पकाएर चास्निमा डुबाएर झिकेका ताता जुल्पिकाे स्वाद पारखिहरुले अझै सम्झिन्छन ।
तर पछिल्लो समय हुँगेलि हाेटल बन्द छ । भट्टराईको सपरिवार बसाई सरेर गएका छन । रिडी माध्यमिक विध्यालयकाे ओरालाे झरेपछि बगैँचा जाने बाटाेकाे देब्रेतिर अझैपनि हुँगेली हाेटलकाे घर देखेपछि पुरानाे स्वादले जिब्राे रसाएर आउँछ ।
त्याे पुरानाे हुँगेली हाेटल बन्द भएपनि रिडीबजारमा खुलेकाे रुरु मिष्टान्न भण्डारले बम्बईसन चुकाउनी र जुल्पीसँगै अरु मिठाईका स्वाद पस्केर पुरानाे स्वादकाे पिँडाे धान्नेकाम शुरु गरेकाे छ ।

यतिबेला यहि रुरु मिष्टान्न भण्डारमा मिठाइँ बनाउने राजुभाईले पुरानाे र नयाँ स्वादकाे मिठाई बनाउँदै रुरुक्षेत्रकाे पुरानाे बम्मईसन र जुल्पिकाे स्वाद जिवन्त राखेका छन ।
भर्खर सत्ताईस वसन्त पार गरेका राजु भाई आठ वर्ष अघि रिडीझरेका हुन । भारतकाे नौतनवा घर भएका राजुभाईले रिडीबजार आएपछि मिठाईकाे गुलियो रसमा आफुलाई समाहित गरेका छन ।
रुरु मिष्टान्न भण्डार पुर्णतया साकाहारी नास्ता घर हाे । यहाँ छिरेपछि सिसाकाे साेकेशमा राजुभाईले बनाएका मिठाइँका खान्कि बान्कि मिलाएर यसरी राखिएकाे छ कि याे मिष्टान्न भण्डारमा छिर्ने जाे काेहि के हि न केही नखाई बाहिर निस्क्न्न ।
मुख्य रुपमा रसवरी, गुलाब, जामुन, दूध मलाई, बर्फि, पेँडा र लड्डडुसँगै रिडीबजारकाे पुरानाे बम्बईसनकाे स्वाद समेत याे मिष्टान्न भण्डार चाख्न पाईन्छ ।

यहि मिष्टान्न भण्डार भित्र हुँगेली हाेटलका झल्काे दिने गरि राजुभाईले जुल्पि फुराउँछन । यहि जुल्पि किलाेका किलाे रिडीबजारमा घरघरबाट अर्डर आउने गरेकाे उनले बताए ।
मिठाई जुल्पि सँगसँगै चुकौनि अचार छाेले समाेसा भेज मम चाउमिन बनाउने काममा पनि उनी सिपालु छन । रुरु मिष्टान्न भण्डार यतिबेला राजुभाईकाे सिपले टिकेको हाेटल सन्चालक खेमराज ज्ञवालीकाे भनाई छ ।
हुनपनि याे मिष्टान्न भण्डारमा छिर्ने बित्तिकै मधुर मुस्कान सहित उनै राजुभाईले ग्राहकसँग अर्डर लिन्छन । आफै पकाउँछन र आफै टेवलमा पस्किने मात्र हाेइन, क्यासियरकाे काम पनि आफै गर्छन ।
मिष्टान्न भण्डारमा मात्र हाेईन, गाउँ घरमा हुने विवाह ब्रतबन्ध अन्य सार्वजनिक समारोहमा समेत उनी पुग्छन र आफ्नाे सिपकाे स्वाद पस्किन्छन ।
नेपाली काँग्रेसले रिडीबजारमा गरेकाे क्षेत्रिय अधिवेशनमा समान स्वादमा पाँच घण्टामा राताे र सेताे गरि छत्तीस सय कप चिया बेचेकाे सम्झना राजुभाईलाई ताजै छ ।
रिडी झरेपछि उनलाई याे ठाउँ आफ्नेै घर जस्तो लाग्छ । "दिपावलि छठमा घर त जान्छु तर कतिबेला फर्केर आम जस्ताे हुन्छ रिडी फर्कि हाल्छु ।" उनी भन्छन् । उनलाई रिडी छाडेर अन्त कतै जान मन छैन । सबैभन्दा गज्जब त नास्ता दिईसकेपछि ग्राहकलाई स्वाद कस्तो छ मिठाे छ कि छैन ? भनेर साेध्दा गाउँबाट झरेका दिदी बहिनी दाजुभाइहरुले कहाँ पाई राजुभाईले पकाएका चिजबिज र मिठाइँ भन्दा मन खुशि हुन्छ र आफ्नाे कामले सन्तुष्ट हुन्छु राजुभाईले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology