Logo

२०८३, श्रावण २७गते


images
images

दलहरुको छटपटी

संसद विघटनले दलमा छट्पटी : ८ सचेतकले गरे विरोध

संसद विघटनले दलमा छट्पटी : ८ सचेतकले गरे विरोध

images
  • संसद विघटनले दलमा छट्पटी : ८ सचेतकले गरे विरोध
    images
    images

    काठमाडौं । विघटित प्रतिनिधिसभाका ८ राजनीतिक दलहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् ।

    images
    images
    images

    यसरी असंधानिक भन्ने पार्टीहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भनेका छन् ।

    images
    images
    images


    ‘यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    शुक्रवार नवनयुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।

    ८ वटा राजनीतिक दलहरूले भने विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा पुनस्र्थापनाको माग गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिइ तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौं ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संसद विघटन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।