Logo

२०८३, श्रावण २७गते


images
images

संसद विघटन गलत थियो, वाम एकताका लागि माफी सप्ताह मनाऔँ : घनश्याम भुसाल

संसद विघटन गलत थियो, वाम एकताका लागि माफी सप्ताह मनाऔँ : घनश्याम भुसाल

images
  • संसद विघटन गलत थियो, वाम एकताका लागि माफी सप्ताह मनाऔँ : घनश्याम भुसाल
    फाइल फोटो
    images
    images

    काठमाडौं । एमाले नेता घनश्याम भुसालले वाम आन्दोलनको एकता अपरिहार्य बनेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन पाँचबुँदे प्रस्ताव अघि सारेका छन् । स्थानीय निर्वाचनअघिदेखि नै वाम एकताको बहस गर्दै आएका भुसालले तत्कालीन नेकपा एकताको असफलताबाट शिक्षा लिएर नयाँ जगमा एकता अगाडि बढाउन सुझाव दिएका छन् । 

    images
    images
    images

    बुधबार राजधानीमा भएको ‘कम्युनिस्ट आन्दोलन : संकट र अबको बाटो’ विषयक प्रवचनमा कार्यक्रममा भुसालले पार्टी विभाजनमा केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तीनैजना नेता जिम्मेवार रहेकोसमेत प्रस्ट्याए । भुसालले वाम एकता अगाडि बढाउन ओली र प्रचण्डले गरेको पाँचबुँदे गोप्य सम्झौता गलत भएको स्विकारोक्तिबाट अगाडि बढ्नुपर्ने पहिलो प्रस्ताव गरेका छन् । संसद् विघटन गलत भएको स्वीकार गर्ने दोस्रो र भविष्यमा सिद्धान्तअनुकूलको कार्यक्रम र संगठनात्मक संरचना बनाउने प्रतिबद्धतासहित चुनावपछि महाधिवेशन आयोजना गर्ने उनको तेस्रो प्रस्ताव छ । 

    images
    images
    images

    तत्काल वाममोर्चा बनाउनेसहित संघ र प्रदेशको निर्वाचनमा जाने र त्यसले नयाँ परिस्थिति निर्माण गर्ने उनको चौथो प्रस्ताव छ । त्यति गर्दा पनि पार्टी एकताप्रति विश्वास नहुने भएकाले एक साता माफी सप्ताह सञ्चालन गरेर जनतासामु आत्मालोचना गर्नुपर्ने उनको पाँचौँ प्रस्ताव छ । ‘१ साउन वा १ भदौदेखि माफी सप्ताह मनाऔँ र दुनियाँसामु भनौँ– सहिदको रगतलाई न्याय गर्न सकेनौँ, जनताले जुन विश्वासका साथ मत दिनुभो, त्यसप्रति न्याय गर्न सकेनौँ । इतिहासमा कैयन्पटक राम्रो गरेका छौँ, बाटो पनि बिराएका छौँ, त्यसैले गल्तीप्रति आत्मालोचना गर्छौँ,’ भुसालले भने, ‘अब नफुट्ने गरी नयाँ कार्यक्रम र नयाँ सिद्धान्तका साथ लोकतान्त्रिक पार्टी बनाएर जान्छौँ, पुराना गल्ती दोहोर्‍याउँदैनौँ भन्यौँ भने जनताले हामीलाई एकपटक विश्वास गर्नेछन् ।’ 

    images
    images
    images

    भुसालले पार्टी एकताका लागि प्रचण्ड र माधव नेपालले आ–आफ्नो कमिटीमा लाग्नुपर्ने र सबै वाम पार्टीका युवा–विद्यार्थीले गोष्ठीलगायतका विभिन्न दबाबमूलक कार्यक्रम राख्नुपर्नेमा जोड दिए । ‘जबजलाई मागिखाने भाँडो बनाएर, जनयुद्धका कारण देखाएर हाम्रा सन्तानको भविष्य रोक्न खोजिन्छ भने कसैलाई पनि स्वीकार्य हुँदैन,’ भुसालले प्रश्न गरे, ‘त्यो कस्तो जबज हो, त्यो कस्तो जनयुद्ध हो जसले कम्युनिस्ट एकता रोक्छ ? ती सबै बेकारका कुरा हुन् । यी सबै बकबासबाट माथि उठ्न र एकताबद्ध हुन अपिल गर्छु ।’ 

    कम्युनिस्ट सिध्याउन कम्युनिस्टकै प्रयोग भुसालले कम्युनिस्टलाई सिध्याउन विदेशी शक्ति र बुर्जुवा कांग्रेसले कम्युनिस्ट नै प्रयोग गरिरहेको बताए । चुनावमा एमालेको पराजयको कारण नै पार्टी फुट भएको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादी पनि एमालेलाई हराएर कांग्रेसलाई जिताउँदै वाम आन्दोलन कमजोर बनाएकैमा दंग परिरहेको भन्दै भुसालले आलोचना गरे । 

    पार्टी फुटको कारण पाँचबुँदे गोप्य सम्झौता र पद प्राप्तिको व्यक्तिगत स्वार्थको लडाइँबाहेक केही पनि नभएको थुप्रै उदाहरण दिँदै भुसालले केपी ओलीलाई सच्याउन संस्थागत विधि र पद्धतिको बाटो अवलम्बन गर्नुको सट्टा प्रतिक्रियात्मक बन्दा विभाजनको दुर्घटना निम्तिएको उनले निष्कर्ष प्रस्तुत गरे । 

    ‘हिँड्ने प्रस्थानबिन्दु ठीक छ, बीचको बाटो ठीकै छ, पुग्ने बाटो उही हो, केमा भिन्नता छ भन्दा केवल अहंकार । म युवा साथीहरूलाई आजको मुख्य प्रश्न तीनवटै पार्टीका नेता समातेर किन फुटेका हौ भनेर सोधिदिनुस्, कार्यक्रममा समात्नुस्, सोसल मिडिया चलाउनुस्, लेख्नुस् । देशमा कार्यक्रम गर्‍यौँ भने ठीक ठाउँमा ल्याउन सकिन्छ,’ भुसालले भने । 

    भुसालले थपे, ‘भागबन्डाको सम्झौता दुई वर्षसम्म राख्दा नै पार्टी विभाजन भएको हो । पत्र बाहिर आएपछि पार्टी फुट्यो । आन्दोलनकै लज्जा हुने गरी गोप्य सम्झौता गरे, पार्टीलाई नै बेखबर बनाए । बुद्धिमानी छोरा चैतमा जुवै खेल्दैन, खेलिहाल्यो भने खेलेँ भन्दैन भन्ने उखान छ । यिनले त त्यति पनि इमान राखेनन् । जुवा खेले र गाउँभरि खेल्यौँ भन्दै हिँडे, जब भेद खुल्यो, तब सत्यनाश हुँदै गयो । ओलीले बैठक बोलाउनुभएन, प्रतिक्रियामा प्रचण्ड–माधवजीले संसदीय दलमा अविश्वासका लागि हस्ताक्षर गर्न थाल्नुभो, पर्खिने धैर्य गर्नुभएन । सचिवालयबाट, स्थायी समितिबाट, पार्टीबाट निर्णय गरेर संसदीय दललाई निर्देशन गर्न सक्नुहुन्थ्यो, त्यो बाटो अवलम्बन गर्नुभएन । एउटाले बैठक बोलाउँदैन, अर्कोले सही गराउँदै हिँड्ने प्रतिक्रियात्मक काम मात्रै गर्नुभो ।’ - नयाँ पत्रीकाबाट

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।