Logo

२०८३, श्रावण २७गते


images
images

संसद विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : ओली

संसद विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : ओली

images
  • संसद विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : ओली
    images
    images

    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले संसद विघटन गरेको बताएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जिकिर गरेका हुन्। 

    images
    images
    images

    तत्कालीन समयमा आफूहरूलाई सिध्याउने षड्यन्त्र भएको दाबी गर्दै ओलीले आफूले संसद् विघटन गरेर सो डोरी छिनालिदिएको  बताए ।

    images
    images
    images

    ‘हामीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्‍याैँ । हामीले ठीक ठानेर गर्‍याैँ, ठीक भनेर गर्‍याैँ। ठीक थियो र गर्‍याैँ। नगरी नहुने थियो र गर्‍याैँ। बिल्कुलै समसामयिक कदम चाल्यौँ। होइन भने, हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो, ध्वस्त पार्ने षड्यन्त्र थियो । त्यस षड्यन्त्रलाई, हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनालिदियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो । हामीलाई झुन्ड्याएर मार्ने जुन डोरी उनीहरूले बनाएका थिए, त्यो डोरी हामीले काटिदियौँ,’ उनले भने।

    images
    images
    images

    अध्यक्ष ओलीले माधव नेपाल वामपन्थी आन्दोलन समाप्त पार्न हदैसम्म गिरेको आरोपसमेत लगाए। नेपालले दुईतिहाइको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएकाे उनको भनाइ थियो।

    ओलीले भने, ‘बिचरा माधव नेपाल। नाम त नलिए हुने हो । तर, यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे । अदालत गए, कहाँ गएनन् ? के गरेनन् उनले ? प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केपी ओली
  • # संसद विघटन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।