काठमाडौँ। भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । उत्तर प्रदेशको गाजियाबादमा हिजो (शुक्रबार) दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।
भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुगेको छ । डेल्टाको तुलनामा ओमिक्रोन भाइरस कयौं गुणा बढी फैलिरहेको विज्ञहरुले चेतावनी दिएका छन् ।
गाजियाबादमा एक दम्पतिलाई कोरोनाको नयाँ भेरियन्ट देखिएको हो । भारतमा डिसेम्बर २ मा पहिलो पटक कोरोनाको नयाँ भेरियन्ट देखिएको थियो ।
विगत १५ दिनमा भारतमा ओमिक्रोनको संक्रमण तिब्र गतिमा फैलिएको छ । राजधानी दिल्लीमा मात्र २२ जनामा ओमिक्रोन संक्रमण देखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology