Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा अक्सिजन उत्पादन सुरु

गुल्मीमा अक्सिजन उत्पादन सुरु

images
  • गुल्मीमा अक्सिजन उत्पादन सुरु
    images
    images

    गुल्मी । गुल्मी जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । अक्सिजन प्लान्ट बनाउनको लागि नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखाले अभियान सुरु गरेको थियो ।

    images
    images
    images

    रेसुङ्गा नगरपालिका–८ का ८४ वर्षीया रुद्रबहादुर भुजेलले महासङ्घद्वारा सुरुभएको सो अभियानमा रु १० हजार प्रदान गर्नुभएको थियो । “अक्सिजनकै अभावले कसैले ज्यान गुमाउन नपरोस् भनेर सानो सहयोग गरेको हुँ ।” उहाँले भन्नुभयो, “अक्सिजन उत्पादन नै सुरु हुँदा खुसी लागेको छ ।”

    images
    images
    images

    गत वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म सञ्चालन गरिएको अभियानमा झण्डै रु ८० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु ६० लाख महासङ्घले गुल्मी अस्पताललाई प्रदान गरेको थियो ।

    images
    images
    images

    प्लान्टबाट २४ घण्टामा ४० ठूला सिलिण्डर भर्न सकिन्छ भने सिधा पाइप जडान गरेर ५६ जनालाई अक्सिजन पु¥याउन सकिने जनाइएको छ । महामारीको समयमा दैनिक २० सम्म अक्सिजन खपत भएकोमा अहिले दैनिक पाँचवटा खपत भइरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।