Logo

२०८३, श्रावण ३१गते


images
images

जनबोध नमुना माविका विद्यार्थीको नमुना काम: देउसी भैलो खेलेर उठेको रकमबाट विद्यालयमै सहयोग

जनबोध नमुना माविका विद्यार्थीको नमुना काम: देउसी भैलो खेलेर उठेको रकमबाट विद्यालयमै सहयोग

images
  • जनबोध नमुना माविका विद्यार्थीको नमुना काम: देउसी भैलो खेलेर उठेको रकमबाट विद्यालयमै सहयोग
    images
    images

    माधव ज्ञवाली, गुल्मी। गुल्मीमा देउसी भैलो खेलेर उठेको रकमबाट  विद्यार्थीले आफ्नै विद्यालयमा पढ्ने विद्यार्थीलाई  सहयोग गरेका छन् । जिल्लाको जनबोध नमुना माध्यमिक विद्यालय रुरुक्षेत्र ४-५ का विद्यार्थीले देउसी भैलो खेलेर उठेको रकमबाट आफ्नै विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरेका हुन् ।

    images
    images
    images

    "केही विद्यालय भन्दा बाहिरका र धेरैजसो आफ्नै विद्यालयका विद्यार्थीहरु मिलेर देउसी भैलो खेलेका  थियौँ। जसबाट १० हजार बराबरको सहयोग आफ्नै विद्यालयका प्रावि र निमावि तहका जम्मा १२ जना  गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्यौँ।" देउसी भैलो कार्यक्रम संयोजक एवं सोही विद्यालयका विद्यार्थी अनिष गहतराजले बताए।

    images
    images
    images

    प्रावि तहका ३ जना  विद्यार्थीलाई ट्र्याक सुटको सेट,जुत्ता र टाइ बेल्ट तथा निमावि तहका ९ जना विद्यार्थीलाई जुता र ट्र्याक सहयोग गरिएको उनले बताए । विद्यालयलाई "पुर्ण विद्यालय पोसाक " युक्त बनाउने उदेश्य सहित आफ्नो विद्यालय पोसाक समेत  किन्न नसकेका विद्यार्थीलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको उनले बताए।देउसी भैलो कार्यक्रमको सह-संयोजकको जिम्मा विद्यार्थी मुना रेस्मीले गरेकी थिइन् ।

    images
    images
    images

    263563397_632713171250403_2665605480197805345_n.jpg

    कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पुर्ण साथीहरु तथा संबंधित ब्यक्तिहरु प्रती आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्य गरिने उनले बताए। सानो उमेरमै समाजसेवाको भावनाले उत्प्रेरित हुँदै सहयोग  गरेकोमा विद्यालयको तर्फबाट प्रधानाध्यापक बामदेव ज्ञवालीले धन्यवाद प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्यको लागि हौसला प्रदान गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।