Logo

२०८३, श्रावण २७गते


images
images

सकारात्मक सोच

बुद्ध पब्लिकका विद्यार्थीलाई अभिमुखीकरण

बुद्ध पब्लिकका विद्यार्थीलाई अभिमुखीकरण

images
  • बुद्ध पब्लिकका विद्यार्थीलाई अभिमुखीकरण
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले ७, ८ र ९ कक्षाका विद्यार्थीलाई लक्षित गरी सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरेको छ । 
    कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जीवन, जगत र सकारात्मक सोचबारे प्रशिक्षण दिएका छन् । उनले  शिक्षा, मानवता र अभिभावकप्रतिको कृतज्ञतालाई जीवनको आधारशिला मान्नु पर्नेमा जोड दिए । 

    images
    images
    images

    देवदह नगरपालिका वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले अभिमुखीकरणले विद्यार्थीको जीवन दृष्टिकोणमा ठुलो परिवर्तन ल्याउन सक्ने भन्दै मानव सेवा आश्रमको प्रशिक्षणले बुद्ध पब्लिकका विद्यार्थीलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरु अधिकारी, केन्द्रीय सदस्य टिका थापा, मुक्ति विश्वकर्मा, खेल संयोजक बलराम जवालीसहित कक्षा ७, ८ र ९ का शिक्षक–कर्मचारीहरुको उपस्थिती थियो ।

    images
    images
    images

    विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशीको स्वागत र अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालनमा भएको कार्यक्रमबाट करिब ४०० विद्यार्थी प्रत्यक्ष लाभान्वित भएको विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध पब्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।