Logo

२०८३, आश्विन १०गते


images
images

संसद बैठक

संसदलाई सोसल मिडियाको कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भयो : प्रधानमन्त्री ओली

संसदलाई सोसल मिडियाको कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भयो : प्रधानमन्त्री ओली

images
  • संसदलाई सोसल मिडियाको कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भयो : प्रधानमन्त्री ओली
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको आरोप लगाएका छन् ।
    बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संसदलाई सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको आरोप लगाएका हुन् ।

    images
    images
    images


    उनले भनेका छन्,  ‘विषयान्तर गरिएका यस्ता कपटी बहसले देशको समृद्धिका लागि होइन, देशमा केही गरौं भन्ने युवाहरुलाई भरोसा प्रदान गर्न पनि होइन, उनीहरुलाई गाली, निन्दा, आरोप र भत्र्सनाका कन्टेन्ट उत्पादनमा भुलाउने र समाजलाई उत्तेजनामा ल्याउने नियत राख्छ ।  आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित छैनन् । देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ । के आजको हाम्रो राष्ट्रिय आवश्यकता यही हो ? पोजिसनका हिसाबले प्रतिपक्षमा भए पनि जनताको मत लिएर आइसकेपछि प्रतिपक्षको पनि देशप्रति केही न केही दायित्व त होला नि !'

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।