लाेक प्रसाद छन्त्याल, वामी । मोटरसाइकलको ठक्करबाट बागलुङको ग्वालीचौरमा एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बडिगाड गाउँपालिका ७ का आयोग खरेल हुन ।
उनको बाँयाँ हात र खुट्टामा चोट लागेको बताइएको छ । शुक्रवार साँझ करिब ९ बजेको समयमा मध्यपहाडी लोकमार्ग अन्तरगत ग्वालीचौर देखि खर्बाङतर्फ जाँदै गरेको लु १८ प ७२८४ नंम्बरको मोटरसाइकलले ठक्कर दिँदा खरेल घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
उनलाई स्थानिय मेडिकलमा उपचार पछि थप उपचारका लागि पाल्पा रिफर गएिको इलाका प्रहरीचौकी खारका असइ गुरूप्रसाद न्यौपाने जानकारी दिए । मोटर साइकल चालक मुसिकोट नगरपालिका ७ गुल्मीका २१ बर्षिय एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology