Logo

२०८३, आश्विन ९गते


images
images

हिम स्टार उर्जाको आईपीओ बाँडफाँड बुधवार

हिम स्टार उर्जाको आईपीओ बाँडफाँड बुधवार

images
  • हिम स्टार उर्जाको आईपीओ बाँडफाँड  बुधवार
    images
    images

    काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओको  बाँडफाँड बुधवार हुने भएको छ । 

    images
    images
    images

    हिम स्टार उर्जाको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडले बुधवार ३ बजे आईपीओको  बाँडफाँड हुने जानकारी दिएको हो । 

    images
    images
    images

    असार २४ गतेदेखि २७ गतेसम्म खुला गरिएको आईपीओमा २० लाख ४४ हजार ४५६ जनाले आवेदन दिएका थिए ।  जसमा ७७ हजार ३९७ जनाले मात्र १० कित्ताको दरले आइपीओ पाउने छन् भने बाँकीले नपाउने भएका छन् ।     

    images
    images
    images

    यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । 

    कम्पनिले स्थानीय र बैदेशिक रोजगारीमा रहेका नेपालीलाई यस अघि नै आइपीओ बाँडफाँड गरिसकेको छ ।   

    आइपीओ जारी गर्न गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।