Logo

२०८३, आश्विन ९गते


images
images

आईपीओ

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुला

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुला

images
  • रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुला
    images
    images

    काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आजदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) औपचारिक रूपमा खुला गरेको छ । 

    images
    images
    images

    कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर रु. ८२०.८० छ । कम्पनीले बुक-बिल्डिङ विधि मार्फत आईपीओ जारी गरेको हो । कम्पनीले ९ लाख २४ हजार ७६८ इकाई शेयर जारी गरेको छ । 

    images
    images
    images

    आईपीओको लागि प्रारम्भिक अन्तिम मिति पौष ११ गते रहेको छ भने त्यतिन्जेलसम्ममा निष्कासनमा पर्याप्त आवेदन नपरेमा पौष २१ सम्म बढाइने छ।

    images
    images
    images

    यसअघि, एक लाख १५ हजार ५९६ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई बाँडफाँड गरिएको थियो । कुल १० लाख ४० हजार ३६४ इकाईमध्ये ५७ हजार ७९८ इकाई म्युचुअल फन्डका लागि छुट्याइएको छ भने ५७ हजार ७९८ इकाई कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी ९ लाख २४ हजार ७६८ इकाई सर्वसाधारणका छुट्टयाइएको छ ।

    रिलायन्स स्पिनिङ मिल्सले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरेको छ । यस शेयरमा न्यूनतम ५० इकाइका लागि आवेदन दिन सकिन्छ भने अधिकतम २० हजारसम्म दिन सकिने छ ।

    सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक-बिल्डिङ विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी बनेको छ ।

    रिलायन्स स्पिनिङ मिल्स प्रालि २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको र हाल ४३ सय भन्दा बढी कर्मचारीहरू सहित संचालनमा रहेको छ । कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइ रहेको रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो कम्पनि हो । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिलायन्स
  • # आईपीओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।