Logo

२०८३, आश्विन ९गते


images
images

आईपीओ

सालापा विकास बैंकको आईपीओमा १९.३७ गुणा आवेदन

सालापा विकास बैंकको आईपीओमा १९.३७ गुणा आवेदन

images
  • सालापा विकास बैंकको आईपीओमा १९.३७ गुणा आवेदन
    images
    images

    काठमाडौँ । सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) १९.३७ गुणा आवेदन परेको छ । 

    images
    images
    images

    आईपीओमा आवेदन दिने आज अन्तिम दिनसम्म कुल २३ लाख ८३ हजार ४०७ जनाको आवेदन परेको हो । उनीहरुले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यस मध्येबाट एक लाख ४३ हजार १७० जनाले जनही १०-१० कित्ताका दरले कुल १४ लाख ३९ हजार १७९ इकाई शेयर मात्र प्राप्त गर्ने भएका छन् । 

    images
    images
    images

    कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख रहेकोमा यसमध्ये ३३ प्रतिशत  अर्थात् १७ लाख २३ हजार ८८० इकाई शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । यस साधारण सार्वजनिक निष्कासनमध्ये १० प्रतिशतले हुन आउने एक लाख ७२ हजार ३८८ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई पहिले नै बाँडफाँड गरिएको छ ।

    images
    images
    images

    त्यस्तै सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ इकाइ कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने प्रस्तावित शेयरको ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ इकाइ म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ ।  कम्पनीको आईपीओ निष्कासन प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

    नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त 'बि' वर्गको विकास बैंक, सालापा विकास बैंक लिमिटेड (SBBL) खोटाङमा आधारित ६ वटा शाखा र यसको मुख्य कार्यालय भएको एक जिल्ला क्षेत्रीय बैंक हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईपीओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।